‘स्कुल जान्छु ल’ बालगीत सार्वजनिक



 

बालबालिकाको विद्यालयप्रतिको आकर्षण र शिक्षाको महत्त्व झल्काउने उद्देश्यले तयार पारिएको नयाँ बालगीत ‘स्कुल जान्छु ल’ सार्वजनिक गरिएको छ ।

गायक तथा संगीतकार गोविन्द मधुर आचार्यको शब्द र संगीतमा तयार भएको उक्त गीत उनकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा बाल कलाकार गीत आचार्यएक्सन आचार्यले स्वर दिएका छन् भने उनीहरूकै अभिनय पनि रहेको छ । द म्युजिक ऐरा स्टुडियोमा रेकर्ड गरिएको गीतको सम्पादन प्रेमराज लामिछानेले गरेका हुन् ।

गीतको छायांकन महेश चौधरीले गरेका हुन् भने निर्देशन विराट योगीले गरेका छन् । भिडियोमा दाङ, तुलसीपुरस्थित गोरखा बोर्डिङ स्कुलमा अभिनय गरिएको छ ।

शैक्षिक सन्देश बोकेको यस बालगीतले बालबालिकाको दैनिक जीवनशैली, विद्यालयप्रतिको आकर्षण र पढाइप्रतिको उत्साहलाई उजागर गर्ने उद्देश्य राखेको छ ।

 

प्रकाशित मिति : २०८२ असार १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस्