विपद्मा सरोकारवालाको भूमिकाबारे सञ्चारिका समूह दाङको अन्तरक्रिया



सञ्चारिका समूह दाङको आयोजनामा ‘विपद्मा सरोकारवालाहरूको भूमिका’ विषयक अन्तरक्रिया तथा तीजको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।
सञ्चारिका समूह दाङका अध्यक्ष रञ्जिता अधिकारीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीको प्रमुख आतिथ्यता एवं ग्रिन तुलसीपुर क्लिन तुलसीपुरका अभियन्ता तथा तुलसीपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विमल रिजालको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा विपद्को समयमा सञ्चारमाध्यमको भूमिका, विपद् जोखिम न्यूनीकरणमा सञ्चार र निजी क्षेत्रबीचको सहकार्य, विपद् प्रभावितको अधिकार संरक्षण, महिला तथा बालबालिकामाथि पर्न सक्ने लैङ्गिक जोखिम र स्थानीय उत्पादन तथा संस्कृति संरक्षणका विषयमा अन्तरक्रिया गरिएको थियो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, तुलसीपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विमल रिजाल, मानव अधिकारकर्मी सुशील बस्नेत, महिला मानव अधिकारकर्मी पदमा चौधरी तथा महिला उद्यमी एमुना शाहले सम्बन्धित विषयमा धारणा राख्नुभएको थियो।
संचारिका समूह दाङका सल्लाहकार बसुन्धरा गाैतम,
रिपाेटस क्लव दाङका अध्यक्ष सरद रेग्मी,  प्रेेस युनियनका केन्द्रीय सदस्य अन्जना चाैधरी, प्रेेस युनियन दाङका उपाध्यक्ष एमकला भुषाल,सामाजिक रूपान्तरण मञ्चका अध्यक्ष सुशीला आचार्य ,
जनजाति पत्रकार संघ दाङका सचिव एच.आर मगर , चलचित्र पत्रकार संघ दाङ  अध्यक्ष    निरला अर्याल ,थारु पत्रकार संघ दाङका अध्यक्ष  निता चाैधरी लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियाे ।
सञ्चारिका समूह दाङकी कोषाध्यक्ष उमा भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव दिप्तिशिखा चौधरीले गर्नुभएको थियो भने कार्यसमिति सदस्य जयन्ती चौधरीले धन्यवाद ज्ञापन गर्नुभएको थियो।

प्रकाशित मिति : २०८३ भाद्र २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्