दाङकाे बंगलाचुलीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु



दाङको बंगलाचुलीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते  भएको पछन् ।

आज बिहान ९ बजे तिर जुम्लेपानी पुरुङ छेडा बाटो अन्तर्गत मौवालेक भने ठाउँ रा ३ प ५७९१ मोटरसाइकल  दुर्घटना हुदा मोटरसाइकल सवार  बंगलाचुली ४ निवासी ३२ बर्षका  खेतुलाल नेपालीको मृत्यु भएको छ भने चालक बंगलाचुली ३ निवासी ३८ बर्षआ चेत प्रसाद डाँगी घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनक मल्लले जानकारी दिनुभयाे।

डिएसपी मल्लको अनुसार घाईते डाँगीलाई  राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भैरहेको र साँगुरो अप्ठेरो बाटोमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना भएको  बताए मोटरसाइकल करिब ४ मिटर तल खसेको थियो ।

प्रकाशित मिति : २०८१ जेष्ठ २० गते आइतवार
प्रतिक्रिया दिनुहोस्