आज तुलसीपुर महाेत्सवमा गायक पुष्कल शर्मा



दोस्रो कृषि, पर्यटन, साँस्कृतिक तथा व्यापारिक तुलसीपुर महोत्सव २०८१ अन्तर्गत आज चर्चित कलाकारहरूको आकर्षक प्रस्तुति रहने भएको छ।

आजको विशेष प्रस्तुतिमा गायक पुष्कल शर्मा, गायिका सिम्रन परियार, गायक एम.टी. महर लगायत चर्चित कलाकारहरूको धमाकेदार प्रस्तुति रहनेछ।

साथै स्थानीय कलाकारहरूको समेत सहभागिता रहने साँस्कृतिक संयोजक सन्तोष खड्काले जानकारी दिनुभयाे।

संयोजक खड्काका अनुसार, आजका लागि टिकटहरू हिजो नै बिक्री भइसकेका छन्। सार्वजनिक बिदा परेको कारण महोत्सवमा दर्शकहरूको उपस्थिति अत्यधिक रहने अनुमान गरिएको छ, महोत्सव सञ्चालन समितिका अध्यक्ष ऋषिराज भण्डारीले बताउनुभयाे।

फाल्गुन १ गतेदेखि सुरु भएको तुलसीपुर महोत्सव १६ गतेसम्म सञ्चालन हुनेछ।

प्रकाशित मिति : २०८१ फाल्गुन ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस्