
दीपक वली
विष्णु प्रशाद शर्मा घिमिरेको स्मृति तथा रोटरी डेको अवशरमा रोटरी हाजिरी जवाफ प्रतियोगिता घोराहीमा सफलतापूर्वक सम्पन्न भएको छ। यस प्रतियोगितामा सहभागी विद्यालयहरुले आफ्नो ज्ञान र तर्कशक्ति प्रदर्शन गरेका थिए।
प्रतियोगितामा गुरुकुल एकेडेमीले प्रथम स्थान हासिल गरेको छ भने मेचिकाली विद्यालयले दोस्रो स्थान र जनज्योति विद्या मन्दिरले तेस्रो स्थान प्राप्त गरेका छन्। गुरुकुल एकेडेमी घोराहीले बिभिन्न क्षेत्रमा भाग लिदै आफुलाई निकै अब्बल साबित गर्दै आएको छ ।
शिक्षा संस्कार र संस्कृतिको त्रिवेणि गुरुकुल एकेडेमीले शिक्षा तथा अतिरीक्त कृयाकलापहरुमा पनि महत्वपुर्ण भुमिका खेल्दै आएको छ । गुरुकुल एकेडेमीले विद्यार्थिको चौतर्फि बिकास गर्ने उद्धेश्यले बिभिन्न कार्यक्रम गर्दै आएको छ ।
रोटरी हाजिरी जबाफ कार्यक्रमको प्रमुख अतिथिका रूपमा रहनुभएका घोराही उपमहानगरपालिका वडा नं १५ का वडा अध्यक्ष रमेश कुमार पान्डेले प्रतियोगिता आयोजना गर्ने र यसमा सहभागी हुने सबैलाई शुभकामना व्यक्त गर्दै यसले विद्यार्थीहरूको शैक्षिक र बौद्धिक क्षमतालाई प्रोत्साहित गर्ने कुरा उल्लेख गर्नुभयो।
कार्यक्रममा शिक्षक निशान्त आचार्य, पद्मोदय पब्लिक माध्यामिक विद्यालयका प्रधानाध्यापक लोक बहादुर बस्नेत, र नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष प्रकाश डाँगीले मन्तव्य राख्दै रोटरी क्लबको कार्यक्रमको प्रशंसा गर्नुभएको थियो। उहाँहरुले युवाहरुलाई आफ्नो ज्ञान र क्षमता विकासमा निरन्तर मेहनत गर्न आग्रह गर्नु भएको थियो।
रोटरी क्लब दाङका अध्यक्ष प्रदिप शुबेदीको अध्यक्षतामा भएको यस कार्यक्रमले शिक्षा क्षेत्रमा थप सशक्त योगदान पुर्याउने विश्वास व्यक्त गरिएको थियो भने कार्यक्रमको सहजिकरण रोशन दाहालले गर्नुभएको थियो। यस प्रकारका प्रतियोगिताहरुले विद्यार्थीहरूको बौद्धिक विकासलाई प्रोत्साहन दिँदै सामाजिक र शैक्षिक उन्नतिको मार्ग प्रशस्त गर्ने महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ । प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थिहरुलाई नगद ,ट्रफि तथा प्रमाणपत्रले सम्मान गरीएको थियो ।

