दाङमा श्रिमानकाे मृत्यु भएको केही दिन नपुग्दै श्रिमतिकाे मृत्यु



दाङमा श्रीमानको किरियामा बसेकी श्रीमतीको पनि मृत्यु भएको छ । श्रिमानकाे मृत्यु भएको एक हप्ता नपुग्दै उनकाे आज विहान मृत्यु भएको हाे ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ मोतिपुर निवासी ६० वर्षीया भगवती शर्मा (आचार्य) को शनिवार बिहान ९ बजे मृत्यु भएको छ।

श्रीमानको मृत्यु पछि उनी किरिया बसिरहेको अबस्थामा एक्कासि बिरामी भई आफन्तहरूले तुरुन्तै उनलाई राप्ती लाइफ केयर अस्पताल, मोतिपुर पुर्‍याएका थिए ।

अस्पताल लगिए लगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरी प्रवक्ता सुर्य रानाले जानकारी दिनुभयो । श्रिमानकाे मृत्यु भएको केही दिनमै श्रिमतिकाे मृत्युु भएपछि परिवार झनै शाेकमा डुबेको छ ।

नेपाल रेडक्रस सोसाइटी दाङका पुर्व सभापति ८३ वर्षीय नारायण आचार्यको वैशाख ८ गते एक नाले दुई बोर बन्दुकको गोली लागि मृत्यु भएको थियो।

 

प्रकाशित मिति : २०८२ बैशाख १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस्