हेमलाल कडेल स्मृति T-20 क्रीकेट प्रतियोगीता सुरु, वयष्टर्नको बिजयी सुरुवात




लक्ष्मण बस्नेत

दाङको तुल्सिपुर १ भमेकमा आज देखि प्रथम हेमलाल कडेल(क.प्रताप) स्मृति T-20 क्रीकेट प्रतियोगीता २०८२ सुरु भएको छ।

हेमला कडेल (क.प्रताप)स्मृति प्रतिष्ठानको आयोजना तथा नयाँ वर्ष २०८२ को अबसरमा संचालित प्रतियोगिताको उद्घाटन दाङ निर्वाचन क्षत्र न.३(ख) प्रदेश सभा सदस्य माननीय धन बहादुर मास्कीले गर्नु भएको हो ।

यसैबिच आज भएको उद्घाटन खेलमा वेष्टर्न क्रीकेट क्लब शान्तिनगरले बिजयी सुरुवात गरेको छ । सुनपुर ११ लाई १८ रनले पराजित गर्दै वेष्टर्न क्रीकेट क्लबले बिजयी सुरुवात गरेको हो ।
टस जिति पहिले ब्याटिङ गरेको वेष्टर्नले निर्धारित १५ ओभरको खेलमा ५ बिकेटको नोक्सानिमा १ सय ३७ बनाउन सफल भयो ।
जसमा वेष्टर्न क्रीकेट क्लबका मेघराज बिकले सर्वाधिक ५२ रनको अर्धसतकिय पारी खेल्न सफल भए भने कप्तान गणेश पान्डेले ४६ रन जोड्न सफल भए।

बलिङ तर्फ सुनपुर ११ का हिमाल आचार्य र निश्चल सेर्पाइली समान २-२ बिकेट लिन सफल भए।

१ सय ३८ रनको बिजय लक्ष्य लियर मैदानमा उत्रेको सुनपुर ११ निर्धारित १५ ओभरमा ७ बिकेटको क्षेतिमा १ सय १९ रन बनाउन सफल भयो ।

सुनपुर ११ का लागि ओपनर ब्याट्स म्यान विशाल ग्रन्जाले ५४ रनको अर्धसतकिए पारी खेले भने दिप्सन ग्रन्जा तथा सुजल वलि ले क्रमस १६/१५ रनको पारी खेले।

बलिङ तर्फ वेष्टर्न क्रीकेट क्लबका सोभित पान्डे तथा मेघराज बिकले समान २-२ बिकेट लिए।

खेलमा उत्कृष्ट खेल प्रर्दशन गर्ने वेष्टर्न क्रीकेट क्लबका मेघराज बिक म्यान अफ द म्याच भए । उनले नगद पाँच सय तथा मायाको चिनो प्राप्त गरे।

प्रतियोगिताका संयोजक प्रमोद कडेलको अध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथी माननीय धन बहादुर मास्की, विशिष्ट अतिथी दाङ जिल्ला क्रीकेट संघ क्याडका सचिब सन्जु केसि लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।कार्यक्रमको संचालन खेल ब्यबथापक संयोजक खगेन्द्र नेपालीले गर्नु भएको थियो ।यसैबिच प्रतियोगिता अन्तरगत भोलि हुने पहिलो खेलमा तुलसिपुर क्रीकेट एकेडेमी र आयोजक भमके क्रीकेट क्लब भिड्नेछन् । खेल बिहान ७ बजेबाट सुरु हुनेछ ।

बैशाख २२ गते सम्म संचालन हुने प्रतियोगिताको बिजेता टिम लाई नगद ५० हजार,कप,मेडल प्रमाणपत्र प्रदान गरिनेछ ।

त्यस्तै उपबिजेता टिमले नगद २५ हजार,कप, मेडल प्रमाणपत्र हात पार्नेछ ।
त्यसैगरी प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी मध्य व्यक्तिगत बिधा तर्फ म्यान अफ द टुर्नामेन्टलाई नगद चार हजार कप तथा मेडल,वेष्ट ब्याट्सम्यान र वेष्ट बलर लाई क्रमशः जनही दुई हजार पाँच सय नगद तथा मेडल प्रमाणपत्र तथा उदयमान खेलाडिलाई नगद दुई हजार मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

त्यस्तै प्रतियोगिताका प्रत्येक म्याचका म्यान अफ द म्याच लाई नगद पाँच सय र साथमा ट्रफि प्रदान गरिने आयोजकले जानकारी दिएकोछ । प्रतियोगितामा जिल्लामा स्थापित क्रीकेट क्लबका ११ टिमको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २०८२ बैशाख १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्