सामुदायिक वन संरक्षण तथा उपभोक्ता हित प्रवर्द्धनका लागि प्रथम वार्षिक नगर परिषद सम्पन्न



सामुदायिक वन उपभोक्ता महासंघ नेपाल स्थानीय महासंघकाे प्रथम बार्षिक नगर परिषद तुलसीपुरमा सम्पन्न भएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष खेमराज महतराकाे अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका
मेयर टिकाराम खड्काकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे ।

कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका मेयर खड्काले वातावातावरण , सिचाइ संरक्षणका लागि वनकाे संरक्षण गर्नुपर्ने बताउनुभएको छ । बाच्न, जाेगिन वातावरण चाहिन्छ, त्यसकाे स्रोत वन हाे, वन र प्रकृतिसंगकाे सम्बन्ध बुझ्न नसके हरेक परिस्थिति बाट जाेगिन मुस्किल पर्ने उहाँले बताउनुभयो । विभिन्न वनलाई सामुदायिक वनमा गाभेर लाभदायक काम भइरहेकाे समेत उहाँले बताउनुभयो ।

“विपतकाे बेला सहयाेग स्वरुप घर बनाउने, मान्छेकाे मृत्यु पछि दाहसंस्कारका लागि दाउरा दिने जस्ता सहयाेगमा जहाँ कर तिर्न पर्दैन । सामाजिक गतिविधिमा प्रयाेग गर्ने काठमा कर तिर्ने हुदैन , तर अन्य प्रयाेगका लागि राज्यकाे निति अनुशार कर लिने गरिएकाे छ ।”- उहाँले भन्नुभयो ।

” वनकाे क्षेत्र उपभाेक्तालाइ दाउरा दिने मात्र हाेइन, उपभोक्तालाइ सेवा र ब्यापार एउटै सम्झेर बन बचाउन नसकेकाे हाे ।”- मेयर खड्काले भन्नुभयाे ।

१ सय ८ वटा वनकाे संरक्षण उपभोक्ताले गर्न नसकेकाे भन्दै उहाले जागरुक गराउने कुरामा वन नेतृत्वले नेतृत्व गर्न नसकेकाे टिप्पणी गर्नुभयाे । अवका दिनमा वन उपभोक्ता समितिले कार्ययाेजना बनाएर सेवा दिनुपर्ने बताउनुभयो ।

निजी वनका केन्द्रीय उपाध्यक्ष भिम प्रकाश खड्काले वनबाट लिनुपर्ने सेवालाई बढाउन , वन संरक्षणमा चासाे ल्याउन सामुदायिक वन संग एक वन एन उधमि भन्ने ऐन बनाउनुपर्ने बताउनुभयो ।

वरिष्ठ वन अधिकृृत टेकन आचार्यले सामुदायले वनबाट लाभ लिन पाउनुपर्ने बताउनुभयो । साझा सम्पतिकाे हककाे दुरुपयोग नगर्ने, जतिसक्दो दाेहन हुने प्रवितिकाे अन्त्य गर्नुपर्ने भन्दै सार्वजनिक सम्पतिकाे दिगाे रुपमा ब्यवस्थापन गर्न सबैकाे सहकार्य हुनुुपर्ने बताउनुभयो ।

लुम्बिनी प्रदेश वन उपभोक्ता महासंघका निवर्तमान उपाध्यक्ष नहकुल केसिले वन पैदावार लाई अधिम्तम सदुपयोग गर्नुपर्ने बताउनुभयो । वन पैदावार राेक्नु नै वन संरक्षण भएको उहाँको भनाइ थियाे ।

जिल्ला सामुदायिक वन महासंघका अध्यक्ष भुप बहादुर केसिले आफनाे अधिकार प्रााप्त गर्न राज्य लाई कर दिन तयार हुनुपर्ने वन जाेगाउ अभियानमा सबै काे सक्रियता हुन जरुरी रहेकाे बताउनुभयो ।
ग्रिन फाउन्डेसनका अध्यक्ष विष्णु केसिले सामुदायिक वन महासंघ वन जंगल सहि ढंंगले उपयाेग गर्न पाउनुपर्ने बताउनुभयो ।

वरिष्ठ वन प्राबिधिक विरजंग वलीले फागुन मसान्तसम्म तीन वर्षकाे स्थायि लेखा न लिएमा कर तिर्दा छुट हुने बताउनुभयो । स्थायी लेखा न. नलिएमा जरिवाना तिर्नुपर्ने भएकोले समयमा काम गर्न आग्रह गर्नुभयो ।

स्थानिय वन महासघ शान्तिनगरका अध्यक्ष भिम बहादुर खत्रीले नीति र नियममा नबाधे सम्म वन संरक्षण गर्न कठिनाइ हुने बताउनुभयो । तुलसीपुरका १ सय २२ वटा सामुदायिक वन समुहलाइ संरक्षण गर्नुपर्ने कुरामा जाेड दिदै वन उपभोक्ता समितिलाई विशेष खालकाे तालिम, गाेष्ठि संचालन गर्न सके सचेतिकरण गर्न सकिने बताउनुभयो ।

आन्तरिक राजश्व कार्यालयका कर अधिकृत हिरानन्द
देवकोटा, वन वातावरण संरक्षण समितिका संयाेजक टाेप बहादुर डांगि, रेेन्ज पाेष्ट महासंघका अध्यक्ष सुरेन्द्र बहादुर खड्का लगाएतले वन संरक्षण गर्न कानुनी संरचना मजवुत बनाउने, वन दुर्व्यवहार राेक्ने, दिगाे उपयाेग र ब्यवस्थापनमा ध्यान दिने र समुदायको सहभागीता बढाउने कुरामा जाेड दिएका थिए ।

कार्यक्रममा वार्षिक प्रतिवेदन सचिव रक्षा काफ्ले आर्थिक प्रतिवेदन   कोषाध्यक्ष रेखा रोकाले प्रस्तुत गर्नु भएको थियो ।

उपाध्यक्ष जित बहादुर थापाकाे स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमकाे शहजिकरण सचिव रक्षा काफ्लेले गर्नुभएको थियाे ।

साे अवसरमा १हजार भन्दा बढि रकमले सहयाेग गर्ने सामुदायिक वनलाई सम्मान गरिएकाे थियाे ।

 

 

 

 

प्रकाशित मिति : २०८१ फाल्गुन १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस्