दंगीशरण गाउँपालिका स्थित विरेन्द्र मा.वि.को प्रांगनमा आज मान्छेहरुको भिडभाड निकै देखिन्थ्यो । मलाई लाग्यो यो मेला नै हुनुपर्छ । थारु समुदायहरुको ठुलो पर्वका रुपमा लिईने माघ पर्व अहिले महोत्सव र मेलामा परिमार्जन भएका छन् । केहि वर्ष अघि देखि उनीहरु यस पर्वका अवसरमा विभीन्न सास्ंकृतीक कार्यक्रमको आयोजना गरि मनाउँदै आएका छन् । स्थानीय सरकार आएसंगै थारु समुदायको यस पर्वलाई उत्सवका रुपमा मनाउँनका लागि माघि महोत्सव कार्यक्रम संचालन गर्दै आएको छ ।
आज दंगीशरण गाउँपालिकामा पनि त्यहि रौनक देखिएको थियो । मेला तथा महोत्सव भित्र मुस्कान सहितको सेवा पनि देखिरहेको थियो । त्यहा गएका आम मानीसलाई खाजाको ब्यवस्था गरिएको थियो । मान्छेहरुको भिड भित्र एउटा सानो ब्यवसाय थियो टिनको जस्तापाताले बेरीएको । त्यो ब्यवसाय सबैको आँखाको नानी थियो । केहि महिलाहरुको सामुहिक ब्यवसाय थियो त्यो दृश्य हेर्दा । यसरी हुलहालमा गएर सानो ब्यवसाय गरे लाज हुन्छ भन्नेहरुका लागि ती महिलाहरुको समुहले केहि पाठ सिकाए जस्तो लाग्यो मलाई । उनीहरु सबैलाई आफनो स्टल तर्फ बोलाउँदै थिए । कसैले पकौडा पकाउँदै थिए, कसैले तातोतातो पकौँडा खानुस भन्दै दिदै थिए । कसैले सुन्तला र बदाम बेच्दै थिए । कसैले चटपटे बनाउँदै दिदै गरेको दृश्य देखिन्थ्यो । अनुहारमा मुस्कान सहितको सेवाले सबै मानीस उतै लम्कीन्थे । देख्दा लाग्थ्यो उनीहरु पैसाका लागि होईन केहि गरौँ भन्ने अभियानका साथ यो सेवा दिईरहेका छन् । अनुहार फरक थिए तर भावना एउटै सेवामुखी भावना संगै उर्जा शक्ति सबैसबै । म पनि उतै लम्कीए । ब्यानरमा लेखिएको थियो समृद्ध समाज भोजनालय त्यो ब्यानर पनि कुनै प्रिन्टवाला थिएन । आफैले लेखेको अक्षर प्रष्ट देखिन्थ्यो । गरे पछि सबै हुन्छ तर केहि गर्नुपर्छ उनीहरुको यो सानो ब्यवसायले त्यहि भनीरहेको थियो । हामी समयलाई चिनौँ आफनो र समाजको लागि सानो भएपनि काम गरौँ यस्तै यस्तै ।
मेरो मनमा पनि केहि जिज्ञासा पलाया,े सुन्तला फोक्दै खादै केहि कुरा गरे । मान्छे हेर्दा सुकिला शुन्दर थिए त्यो हेर्दा त्यो काम गर्छन र ? जो कोहिको मनमा यस्तै प्रश्न उब्जीन्थ्यो सायद । उमेर उस्तै उस्तै भरखरको । मैलै सोधिहाले तपाईहरु के का लागि यसरी सेवा दिईरहनु भएको छ ? रमाईलो गर्नका लागि….. ? मेरो प्रश्न नसकिदै फिस्स हास्दै सुन्तला तौल्दै गरेकि भिष्मा वि.सीले भनीन् – “रहर होईन नी, काँ रहर हुनु, घर बनाउँनका लागी हो ।” घर …? म छक्क परे । दुई दिन सुन्तला बेचेर घर बन्छ ? मैले प्रश्न तेछ्र्याए । उनले थपिन – “हाम्रो अफिसको लागि घर बनाउँने नी सानो भवन बनाउँनका लागि हो ,बस्ने घर त काँ बनाउँनु ।” चटपटे बनाउँनका लागि तयार गर्दै गरेकि सुनीता चौधरीले भनीन् – “संस्थामा जम्मा गर्नका लागि हो नी दिदि ।” यस्तो ब्यवसाय गरेर सस्ंथामा जम्मा गर्ने ? मैले फेरी प्रश्न गरे । “होईन यस्तै यस्तै काम गरेर पैसा जम्मा गर्ने अनी सस्ं
थामा नै लगानी गर्ने हो ।” उनले थपिन । समृद्ध समाज अभियानकर्मीहरु सुसीला चौधरी, राजकुमारी चौधरी, ईश्वरी कँडेल लगाएत सबैको एउटै भनाई थियो – “संस्थाको आफनै भवन निर्माण गर्नका लागि हामी यो अभियानमा लागेका हौँ ।” उद्धेश्यमुलक यो कार्य प्रशंसकयोग्य लाग्यो मलाई पनि ल तपाइइहरुको यो सेवा राम्रो होस् उद्धृश्य पुरा होस् भनेर शुभकामना दिदै फर्किए ।
विगत ६ वर्ष देखि दंगीशरणमा सामाजीक कार्य गर्दै आएको समृद्ध समाजमा १ हजार जना साधारण सदस्य छन् । यस्तै ४९४७ लाभान्वित जनसंख्या छन् । जसमा ५२ सामुदायीक समुह र ७ वटा सामुदायीक मूलसमितीहरु आावद्ध छन् । विपन्न तथा पिछडिका वर्गहरुको उत्थानका लागि काशेली कार्यक्रम संचालन गरेको छ । समुहमा आवद्ध भएकाहरु विभीन्न समुहमा रहेर करेसाबारी, ब्यवसायीक तरकारी खेती, सामुहीक बाली काट्ने कार्य,े च्याउ खेती,े पशुपालन, फोहोर फाल्ने खाडँल निर्माण, बैठक बस्ने घर निर्माण, बाटो मर्मत सरसफाइे भाँडा सुकाउँने टाँडि निर्माण, नँया चर्पि निर्माण र पुराना चर्पि मर्मत जस्ता सामाजीक , सामुहिक कार्य गर्दै आएको छ ।