
आधिकारिक समाचार एजेन्सी राष्ट्रिय समाचार समिति ( रासस) भएकोले निष्पक्ष, आधिकारिक, र विस्तृत समाचार सामग्री उपलब्ध गराउनुपर्ने एक कार्यक्रममा बाेल्ने बक्ताहरुले बताएका छन । विकासमुखी पत्रकारितामा राससको भूमिका महत्त्वपूर्ण भएकोले राससले सरकारी नीति, योजना, र कार्यक्रमहरूलाई प्रभावकारी ढंगले सम्प्रेषण गरि जनतालाई सूसुचित बनाउने बिषयमा गम्भीर बन्न सुझाव दिए । अन्य पत्रकार र पत्रकारितालाइ विश्वासिलाे बनाउन महत्त्वपूर्ण भुमिका खेल्नुपर्ने उनिहरुकाे धारणा थियाे ।
राष्ट्रिय समाचार समिति राससकाे ६४ औ वार्षिकोत्सबका अवसरमा विकासमुलक पत्रकारितामा राससकाे भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा बाेल्ने बक्ताहरुले यस्तो बताएका हुन् ।
तुलसीपुर उपमहानगरपालिका मेयर तथा कार्यक्रमका प्रमुख अतिथि टिकाराम खड्काले राज्य लाई झक्झक्याउने, सहि बाटाे डाेर्याउने, तर सत्य तथ्यमा आधारित समाचार लेख्न सुझाव दिनुभयाे । संघिय स्थानिय सरकारलाई सुचिकृत गर्ने जिम्मा नदिएमा पत्रकारिता अराजक्ता तर्फ जाने उहाँको भनाइ थियाे । राज्य भन्दा अब्बल दर्जाकाे रुपमा रहेकाे पत्रकार हाे तर यहाँ फेसबुके पत्रकारिता हावि छ , पुष्ट्याइका आधारमा लेख्नु पत्रकारिता हाे भन्ने ज्ञान हुदाहुदै अर्थ बिनाकाे पत्रकारिता हावी भइरहेको बताउनुभयो । सामाजिक सञ्जालमा आउने विषयले पत्रकारिता क्षेत्रमा समस्या देखिएको उहाँले बताउनुभयो । मेयर खड्काले उपमहानगरपालिकाले लाेककल्याणकारी विज्ञापनकाे काम अघि बढिरहेको समेत बताउनुभयो ।
कार्यक्रमका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले विकासमूलक पत्रकारिताका क्षेत्रमा राससले विशेष स्थान दिँदै आएको बताउनुभयाे ।
नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्ताेष सुवेदीले पत्रकारमा मानविय विकास हुनुपर्ने भन्दै चेतना जागृत गर्ने, दुर्गम गाउँ लाई सुगम संग जाेड्ने, नकारात्मक लाई सकारात्मक संग जाेड्न सहयाेग हुने गरि पत्रकारीता गर्नुपर्ने बताउनुभयो । मान्छे लाई आकर्षित गराउन, भविष्य देखाउन विकास पत्रकारिताकाे आवश्यक रहेको बताउनुभयो । ज्ञान आर्जन गर्ने, परिस्कृत हुन संचार माध्यम काे भुमिका हुनुपर्ने बताउदै साना-ठूला विकास परियोजनाहरूको प्रगति, सफलताका कथा, र चुनौतीहरूलाई उजागर गरी नीतिनिर्माताहरूसमक्ष पुर्याउने सक्ने गरि कलम चलाउन आग्रह गर्नुभयो । समाचारहरू छिटो र प्रभावकारी रूपमा सम्प्रेषण गर्न डिजिटल प्रविधिको सहि उपयाेग गर्नुपर्ने बताउनुभयो ।
यस्तै नेपाली काङ्गेस सभापति शुरेस हमाल सत्यमा आधारित समाचार लेख्नुपर्ने भन्देै पार्टीगत राजनीतिगत कलम नचलाइ सभ्य समाज निर्माणका लागि कलम चलाउन सुझाव दिनुभयो ।
नेकपा एमाले तुलसीपुर नगर अध्यक्ष रुप बहादुर खत्रीले पारदर्शिता र जवाफदेहिता संगसंगै समाज रुपान्तरण गर्नका लागि पत्रकारिता गर्न सुझाव दिनुभयाे ।
आन्तरिक राजश्व कार्यलयका प्रमुख श्रिधर टण्डनले राज्यकाे दुरुपयोग , अनुगम, विकास निर्माणका बिषयमा कलम चलाउनुपर्ने बताउनुभयो ।
तुलसीपुर खानेपानी सरसफाइ तथा उपभोक्ता समितिका अध्यक्ष एमकान्त भण्डारी , नेकपा माओबादिका अध्यक्ष माेहन थापा ,लक्ष्मि नारायण मन्दिरका मठादेश केशव आचार्य, रिपोर्टस क्लव दाङका अध्यक्ष सरद रेग्मी , प्रेस चाैतारी दाङका अध्यक्ष सुधासुमन ढकाल लगाएतले आ- आफ्नाे धारणा राखेका थिए ।
राष्ट्रिय समाचार समिति दाङका प्रमुख नारायणी रजाैरेकाे अध्यक्षतामा भएको कार्यक्रमकाे सहजिकरण रासस तुलसीपुर संवाददाता दिपक बाेहराले गर्नु भएको थियाे ।

