तुलसीपुर, २० फागुन । दाङको शान्तिनगर गाउँपालिकाका कर्मचारीले अतिआबश्यक बाहेकका सेवा ठप्प पार्ने भएका छन् । गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत र प्रमुख प्रशासकीय अधिृकत डिल्ली खड्का माथि शान्तिनगर गाउँपालिका वडा नं. २ का अध्यक्ष सुनिल वलीले कार्यकक्षमै दुब्र्यबहार गरेको भन्दै सेवा ठप्प पार्ने निर्णय गरेका छन् ।
पालिकमा रहेको कर्मचारीहरुले शनिबार विज्ञप्ति जारी गरि अतिआबश्यक बाहेक सबै सेवा ठप्प पार्ने जनाएका हुन् । सत्य, तथ्य छानविन नहुँदासम्म उनीहरुले पालिकादेखि वडासम्मका सबै सेवा पार्ने जनाएका हुन् ।
प्रकाशित मिति : २०७९ फाल्गुन २० गते शनिवार