पश्चिम दाङमा मोटरसाईकल र स्कुटी ठोकिदा दुई जना घाईते



मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु

तुलसीपुरमा मोटरसाईकल र स्कुटी दुर्घटना हुँदा दुई जना घाईते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक तुलसीपुर १२ का ३० वर्षीय शीतल चन्दको हात र निधारमा चोट लागेका छ । स्कुटी चालक शान्तिनगर २ का २७ वर्षीया कल्पना खड्काको भने बाहिरी चोट नदेखिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता नवचन्द्र मल्लले जानकारी दिनुभयो ।

घाइते दुबै जनाको तुलसीपुर स्थित राप्ती लाइफ केयर अस्पतालमा उपचार भइरहेको प्रवक्ता मल्लले बताउनुभयो ।

आज मंगलबार दिउँसो साढे १२ बजेतिर दंगीशरण ५ हेकुली चोक स्थित तुलसीपुरबाट हापुरे तर्फ जादै गरेको रा २ प ७७१७ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउदै गरेको रा ७ प ९०६२ नम्बर स्कुटी एक आपसमा ठोकिदा दुबै सवारीका चालक घाइते भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्