तुलसीपुर महाेत्सव,आज १२ औँ दिन

प्रमाेद खरेल संगै झुमे दर्शक


तुलसीपुरमा गत मंसिर २५ गतेदेखि जारी लुम्बिनी प्रदेशस्तरीय प्रथम कृषि तथा पर्यटन महोत्सवको आज १२औँ दिनमा पनि दर्शकको उल्लेख्य सहभागिता रहेको थियो ।

महोत्सबको बाह्रौै दिनमा आज गायक प्रमोद खरेल,गायिका टिका सानु, सञ्चारकर्मी तथा गायक प्रेमविवस घर्तीलगाएतका राष्ट्रिय तथा स्थानियस्तरका कलाकारको प्रस्तुतीमा दर्शकहरु रमेका हुन् ।

त्यस्तै आजपनि १० हजार बढी दर्शकले मेला अवलोकन गरेको मेलाका सास्कृतिक सहसंयोजक प्रेम विवश घर्तीले जानकारी दिनुभयो । त्यस्तै भोलीपनि चर्चित कलाकारहरुको प्रस्तुती रहने उहाँले बताउनुभयो ।

भोलीपनि गायक पशुपति शर्मा, गायिका विन्दु परियार, मोडल आरुसी मगर, गायक प्रेमविवश घर्तीलगाएतका राष्ट्रिय तथा स्थानियस्तरका कलाकारको प्रस्तुती रहने उहाँले बताउनुभयो ।

तुलसीपुरमा आधुनिक पुस्तकालय स्थापना गर्ने मुख्य उद्देश्य लिएको महोत्सवमा स्थानीय उत्पादनको बजारीकरण तथा प्रवद्र्धन गर्ने समेत उद्देश्य रहेको आयोजकले जनाएको छ ।

महोत्सवमा विभिन्न प्रकारका तीन सय बढी स्टलहरू राखिएको छ । महोत्सव आगामी ९ गतेसम्म सञ्चालन हुने आयोजक युथ्स अफ तुलसीपुरका अध्यक्ष अरुण लहरेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७९ पुष ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्