विश्व रक्तदान दिवसको अवसर पारी लायन्स क्लब अफ दाङ क्यापिटलले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विश्व रक्तदान दिवसको अवसर पारी आज लायन्स क्लब अफ दाङ क्यापिटलले रेडक्रसको भवन प्रादेशिक अस्पतालमा तुल्सीपुर दाङमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
लायन्स क्लब अफ दाङ क्यापिटलका अध्यक्ष दिपक केसीकाे अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा बोल्दै प्रमुख अतिथि (District Governer 325 N) बिनोद कुमार श्रेष्ठले लायन्स क्लब अफ दङ क्यापिटलले विभिन्न समयमा समाजमा सकारात्मक संदेश छाड्ने काम गर्दै आइरहेको भन्दै धन्यवाद व्यक्त गर्नुभयाे । लायन्सले विभिन्न क्षेत्रमा निस्वार्थ भावनाका साथ काम गरिरहेको बताउदै प्रशंसा ब्यक्त गर्नुभयाे ।
उद्योग बाणिज्य संघका अध्यक्ष बिनिल केसीले लायन्स क्लब अफ दाङ क्यापिटलले गरेको यो कार्य मानवयोग्य रहेको भन्दै उद्योग बाणिज्य संघको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयाे । केहि अस्पताल हरुमा अझै पनि चिनजानको भरमा रगत दिने गरेकाले अब सबै नागरिकले सरल तरिकाले आवश्यक परेको रगत पाउने बातावरण सिर्जना गर्नुपर्ने बताउनुभयाे ।
यस्तै लायन्स क्लब अफ क्यापिटल दाङका संस्थापक अध्यक्ष हिमाल डाँगीले अहिलेको समयमा पनि कसैले रगत अभावकै कारण ज्यान गुमाउन पर्ने अवस्था आएको र पछिल्लो समयमा रगतको अभाव दिनहुँ बढ्दै गहिरहेको हुँदा आफू हरुले रगतकै अभावले कसैले ज्यान गुमाउनु नपरोस् भन्दै यो कार्यक्रम संचाल गरेको बताउनुभयाे
यस्तै सफा अभियानका संयोजक पदम पोख्रेलले समाजिक कार्यकाे निरन्तरता दिनुपर्ने बताउनुभयो । साथै आफू हरेक सामाजिक कार्यमा जोइदै आईरहेको र आफू हरुले गर्दै आएको सफा अभियानमा लाईन्स क्लब अफ दाङ क्यापिटलको टिम लाई पनि जोडिन आग्रह गर्नुभयो ।
लाइन्स क्लव अफ दाङले समाजमा सकारात्मक प्रभाव पार्ने विभिन्न सामाजिक कार्य गर्दै आएकाे छ । नागरिकलाई जहाँ दुख पर्छ त्यहाँ आफुहरु पुग्ने गरेको क्लवले जनाएको छ । पछिल्लो समय १३ नं. वडामा आगो लागि पीडित एक परिवारलाई घर बनाइदिएको र त्यो अन्तिम चरणमा रहेको बताउदै अबकाे केही समयपछि स्वास्थ शिविर संचालन गर्ने लायन्स क्लब अफ दाङ क्यापिटलका अध्यक्ष दिपक केसीले बताउनुभयो ।
क्लबका उपाध्यक्ष डम्बर के सिको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण सचीव प्रकाश भुसालले गर्नु भएको थियाे ।