ग्रामीण महिला उत्थान केन्द्र द्वारा फाइबर सिरक बितरण



ग्रामीण महिला उत्थान केन्द्र दाङले  फाइबर सिरक बितरण गरेको छ । आज एक कार्यक्रमका बिच घोराही १६ स्यानी अम्बापुरमा रहेको शिबिर महिला उत्थान केन्द्रका ५० जना महिलाहरूलाई  ५० थान फाइबर सिरक बितरण गरेको हाे ।

फस्र्ट माईक्रोफाईनान्स लघुबित्त बित्तिय संस्था लि.को संस्थागत सामाजिक उत्तरदायित्व कोष अन्तर्गत जाडाे समयमा राहत स्वरुप फाइवर सिरक बितरण गरिएको हो ।

महिला उत्थान केन्द्रका प्रमुख सम्तोली चौधरीको अध्यक्षता एंव ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष आसमानी चौधरीको प्रमुख आतिथ्य र आत्मनिर्भर लघुबित्त बित्तिय संस्था लि.का प्रमुख कार्यकारी अधिकृत सोगतबीर चौधरीको बिशिष्ट आतिथ्यमा  कार्यक्रम भएको हाे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले मुक्त कमैया शिबिर सँग ग्रामीण महिला उत्थान केन्द्रको नङ र मासु जस्तो सम्बन्ध रहेको बताउनुभयो । मुक्त कमैया शिबिरका महिलाहरुले गर्दै आएको ब्यापार, ब्यावसाय, तरकारीखेती, बाख्रापालन लगायतका पेशाले महिलाहरु आत्मनिर्भरताका साथ अगाडी बढेको देख्दा  खुसी लागेकाे बताउनुभयो ।  आगामी दिनमा त्यस क्षेत्रमा रहेका बालबालिकाहरुलाई छात्रबृत्ति प्रदान गर्ने बताउदै सो समुह सँग ग्रामीण महिला उत्थान केन्द्र सदैब साथ रहने प्रतिबद्धता ब्यक्त गर्नुभयाे।

शिबिरका सदस्य साबि चौधरीले आफुले १ कक्षा पनि नपढेको र कमैया मुक्त भएपछि समुदायमा भिज्न गाह्रो हुँदा ग्रामीण महिला उत्थान केन्द्रले प्रौढ शिक्षाको आयोजना गरी आफुलाई अक्षर चिन्ने बनाएकोमा धन्यबाद दिनुभएको थियो ।  यसैगरी समुहमा आवद्ध गराई आफुहरुलाई सानोतिनो ब्यापार, ब्यवसाय गर्न सिकाई आत्मनिर्भर बनाएकोमा संस्थालाई  धन्यबाद दिनुभयाे ।

कार्यक्रममा  आत्मनिर्भर लघुबित्त बित्तिय संस्था लि.का प्रमुख कार्यकारि अधिकृत सोगतबीर चौधरी, घोराही शाखाका शाखा प्रबन्धक तृष्णा चौधरी र आन्तरिक लेखा परिक्षक निर्मल चौधरी लगायतले आ- आफनो भनाई राख्नुभएको थियो ।

आत्मनिर्भर लघुबित्त बित्तिय संस्था लि.का कर्जा बिभाग प्रमुख शुसीला गिरिकाे स्वागत मन्तब्य बाट शुरु भएको  कार्यक्रमको सहजीकरण संस्थाका सुचना अधिकारी पार्वती बस्नेतले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८१ माघ १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्