पत्रकारितामा रुचि थियो समयले कलाकार बनायो ः धुर्मुस



No description available.

चर्चित हास्य व्यङ्ग्य कलाकार सिताराम कट्टेल धुर्मुसले कलाकार र पत्रकारको सम्बन्ध नङ र मासुको जस्तो रहेको बताउनुभएको छ । आफू सुरुका दिन पत्रकार बन्ने इच्छाले काठमाडुमा पत्रकारिता पढेको र केहि समय पत्रकारिता गरेता पनि कलाकारिता प्रवेश गरेको बताउनुभयो । चलचित्र पत्रकार संघ दाङ शाखाले शनिवार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै धुर्मुसले धेरै समय पछि दर्शक माझ आउँदा पनि पत्रकार तथा दर्शकको मायाले उत्साह थपेको बताउनुभयो ।

“गत केही वर्ष सामाजिक कार्य गर्दा आफ्नो पेसामा फर्कन सकेनौं । कम ब्यक हुँदा पनि दर्शक को साथ र मायाले आफूलाई हाँस्यव्यङ्ग्य क्षेत्रमा झन नयाँ जोस जागर आएको छ। विपतको घडीको सारथी बन्दै राज्यलाई सहयोग गर्ने उदेश्यले गरेको सामाजिक काममा व्यस्त हुँदा आफ्नो पेसामा फर्किन पाएनौं, उमेर छँदै केही असल कर्म गरौं भन्ने अभिप्रायले केही बस्ती निर्माण गर्यौ । सामाजिक कार्य गर्दा सहयोग गर्ने सम्पूर्णलाई धन्यबाद छ ।” उहाले भन्नुभयो ।

चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाका अध्यक्ष सन्तोष केसीको अध्यक्ष्तामा भएको कार्यक्रमको सहजीकरण सचिव निराला अर्यालले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८० फाल्गुन ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस्