शैक्षीक सुधार अभियानमा मा.वी. सेन्टर

बिधालयका हरेक तहका कर्मचारीले सोहि स्कुलमै छोराछोरी पढाउँने


मा.वि. तुलसीपुर सेन्टर नँया शैक्षीक शत्र देखि नँया योजनाका साथ अगाडि बढ्ने जनाएको छ । बिधालयको शैक्षीक गुणस्तरलाई सुधारात्मक तरीकाले संचालन गर्न र बिधार्थीहरुको सिकाईलाई प्रभावकारी बनाउँन नँया योजनाका साथ अघि बढ्ने जनाएको हो ।

मा.वी. तुलसीपुर सेन्टर नँया शैक्षीक शत्र २०८१ देखि शिक्षकका छोराछोरीहरु सोहि विधालयमै पढाउँनुपर्ने निर्णय गरेको छ । विधालयमा कार्यरत शिक्षकले बालविकास देखि कक्षा ९ सम्म सोहि विधालयमा पढाउँने निर्णय गरेको बिधालयका प्रधानाध्यापक भागवत पौडेलले जानकारी दिनुभयो । सरकारी स्कुलमा आफुले पढाएपनि छोराछोरीलाई भने निजी विधालयहरुमा पढाउँने गरेकाले यसले समाजमा सरकारी विधालयको विश्वसनीयता घट्दै गएको भन्दै बिधालयका शिक्षकहरु अनीवार्य रुपमा सोहि स्कुलमा भर्ना गर्नुपर्ने निर्णय गरेको बताउँनुभयो । बिधालयका ब्यवथापन समिती, शिक्षक अभिभावक संघ, अन्य कर्मचारीहरु पनि सोहि बिधालयमा अनीवार्य रुपमा आफना छोरीछोरी पढाउँनुपर्ने निर्णय गरेको प्रअ पौडेलले बताउँनुभयो । आज पत्रकार सम्मेलनको आयोजना गरि यस्तो जानकारी दिईएको हो ।

प्र. अ. पौडेलका अनुशार मेघा स्कुलको परियोजना अन्र्तगत भौतीक ,शैक्षीक, बयवस्थापकिय टेक्निकल रुपले शिक्षण कार्य भईरहेको छ । बिधार्थीहरु धेरै भएकाले भर्ना अभियान रोक्नुपर्ने अवस्था आएको छ । क्वालिटि सुधार अभियानमा लागेका छौँ । उद्धार कक्षा उन्नतीलाई पुर्ण रुपमा बन्द गरेर फेयर तरीकाले अगाडि बढाउँने , तीन तरीकाले शिक्षण सिकाई क्रियाकलाप गराईनेछ । जनरल नेपाली माध्यम, ईंलीस मिडीयम मध्यम खालको र बिशीष्ट खालको ईंलीस मिडियम संचालन गरिने, जसमा ए ग्रेडकै शिक्षकहरुको ब्यवस्थापन गरीनेछ ।

पछिल्लो समयमा विधालयमा बिधार्थीहरु थेग्न नसक्ने अवस्थामा पुगेको भन्दै विधार्थी भर्ना अभियान रोक्नुपर्ने अवस्था आईलागेको उहाँले बताउँनुभयो । बिधार्थीहरुको शैक्षीक गुणस्तरीयताका लागि भर्ना अभियान रोकिने उहाँको भनाई छ । विधालयले अवका दिनमा जिवनउपयोगि शिक्षामा जोड दिईने बताउँनुभयो ।

प्रकाशित मिति : २०८० चैत्र २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस्