बाँसको तामाको अचार, तरकारी खानुका फाईदाहरु



औषधिय गुणले भरिपूर्ण तामा - Aamsanchar

बाँसको तामाको अचार, तरकारी वा सुप जे खाए पनि यो स्वादिष्ट नै हुन्छ । यसले मानव स्वास्थ्यमा समेत फाइदा पुयाउँछ । यसको  सेबनले मुटुको लागी राम्रो फाइदा गर्छ । खासगरी, तामे, निगालो, चोया र भालुबाँस तामाका लागि उपयुक्त हुन्छ ।

तामाबाट विभिन्न परिकार बनाउछ सकिन्छ । बाँसको टुसालाई सीधै तरकारीको रूपमा पनि प्रयोग गर्न सकिन्छ । त्यस्तै, तामाको अचार पनि लोकप्रिय छ । तामा हालेर मासु पकाउँदा थप स्वादिष्ट हुन्छ । खानाको सुरुवाती अर्थात् एप्पिटाइजर सलादका रूपमा समेत यो उपयोगी छ । बाँसलाई ‘घाँसको राजा पनि भन्ने गरिन्छ । बाँसको कलिलो भागलाई नै तामा भन्ने गरिन्छ ।

तामा एउटा स्वथ्यकर, पूर्ण र गुणकारी सब्जी हो ।यसमा भिटामिन बी, ई र ए, नियासिन, रिबोफ्लाभिन, थियामिन र फोलेटहरू हुन्छ। त्यस्तै गरी खनिज तत्त्वहरूमा क्याल्सियम, म्याग्नेसियम, जिंक, सोडियम, फोस्फरस, पोटासियम, कप्पर, म्यागानिज र आइरन हुन्छ ।

यसमा प्रोटिनमात्रा भरपुर हुने भएकाले शरीरको प्रतिरोधक क्षमता बढ़ाउँछ । तामाको तरकारी खानाले पाचन समस्यामाका लागि लाभदायिक हुन्छ । फोक्सो सम्बन्धी समस्या होस् या रुघा खोकी त्यसको नियन्त्रणको निम्ति तामा निकै लाभदायिक हुन्छ । यसमा अत्यन्तै कम कार्बोहाइड्रेट्स तत्त्वहरू हुन्छ, त्यसैले मधुमेहका रोगीहरूका लागि तामा निकै लाभदायिक हुन्छ । उच्च रक्तचाप भएकालाई तामा उपयुक्त हो ।

पेटको दुखाइका साथै अल्सर तथा आन्ध्राका घाउहरू कम हुन तामाले सहयोग पुग्दछ । यसमा क्यालोरी नहुनाले ऊर्जा दहनको अतिरिक्त परिश्रम अथवा कसरत केही गर्न आवश्यक हुँदैन । यो मुटुको निम्ति मैत्रीखाद्य हो । यसले कोलेस्ट्रोल नियन्त्रण गर्छ। यसमा फ्याट र सुगर अति नै कम हुनाले यसले कोलेस्ट्रोलको एलडीएल स्तर, लिपिड्स र बाउल फँक्शन कम गर्दछ । तामामा रहेको फाइटोस्टेरोल्सहरू जस्तै क्लोरोफिल, एमिलेज र फ्लोभिनहरूले शरीरमा क्यान्सर विकासलाई नष्ट गर्दछ।

तामाले पिसाबघरका कतिपय समस्याहरू लाई निको पार्न औषधिको काम गर्छ। तामामा प्रोटिन उपयुक्त हुन्छ, जसले गर्दा स्वास प्रस्वासका कतिपय समस्याहरू कम गर्नमा वा निको पार्नमा ठूलो भूमिका खेल्दछ । झाड़ा पखला लाग्दा र पेटमा ग्यास बढ़ेर पेट फुल्दा तामाको झोल बनाएर खाँदा औ्षधीको काम गर्दछ । यसमा अति न्युन क्यालोरी हुनुको कारण यसले शरीरको ‘फ्याट लस’ वा बोसो घटाउन अर्थात ओजन कम गर्नमा ठूलो सहयोग पुर्‍याउँछ।

प्रकाशित मिति : २०८० साउन २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्