किशोर किशोरीसँग ” वडाअध्यक्ष” कार्यक्रम 



सागर सुवेदी

किशोर किशोरीसँग वडाअध्यक्ष” कार्यक्रम  अन्तरगत तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ का किशोर किशोरीहरूको शारीरिक,मानसिक तथा सामाजिक विकासका लागि ३ दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ।

तुलसी सामाजिक विकास केन्द्र दाङ र  वडा नम्बर २ काे कार्यालयको संयुक्त आयोजनामा उक्त तालिम सञ्चालन गरिएको हो।

वडा भित्रका विभिन्न सामुदायिक तथा निजी विद्यालयमा अध्ययनरत एवम् विभिन्न क्लबहरूको नेतृत्व गरिरहेका किशोर किशोरीहरू तालिममा सहभागी भएका थिए।

तालिम समापन कार्यक्रमका प्रमुख अतिथि  वडा नम्बर  २ का अध्यक्ष भिमबहादुर योगीले आधुनिक र सभ्य समाज निर्माणका लागि बालबालिकामा लगानी गर्नु र उनीहरूलाई आधुनिक शिक्षा प्रदान गर्नु महत्वपूर्ण कार्य रहेको बताउँदै यस्ता तालिमहरूलाई निरन्तरता दिने प्रतिवद्धता जनाउनुभयाे।

तुलसी सामाजिक विकास केन्द्रका अध्यक्ष ओदबहादुर भण्डारीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा स्वागत मन्तव्य प्रशिक्षार्थी सुबोध शर्माले राख्नुभएको थियो।

कार्यक्रमको सहजीकरण प्रशिक्षार्थी दिपासा गिरीले गर्नुभएको हाे।

प्रकाशित मिति : २०८१ पुष १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस्