अटो ब्यवसायीहरुले मनपरी भाडा अशुलेको भन्दै जनगुनासो बढेपछि आज विभीन्न सरोकारवालाहरु बिच छलफल भएको छ । तुलसीपुर उपमहानगरपालीका बसेको छलफलका क्रममा वैज्ञानीक भाडादर निर्धारण गर्नुपर्ने बताए । अटो चालकहरुले भाडादरमा एकरुपता कायम नगरी मनपर्दि भाडा लिने गरेको बताएका थिए । छोटो दुरी होस् या लामो दुरी भाडादर कायम भएपनि कार्यान्वयन नहुँदा यात्रुहरु मारमा परेको उनीहरुको भनाई थियो । यस्तै टफिक नियमको पालना नगरी अटो लापरवाहि तरीकाले चलाउँने गरेको कारण अत्यधिक रुपमा दुर्घटना हुने गरेको उनीहरुको भनाई थियो । क्षमता भन्दा बढि यात्रु राख्ने गर्नाले दुर्घटनाको जोखीम हुने गरेको बताए ।
साथै बैठकले अटो भाडादर भोली (२०८१ असार ५ ) देखि लागु हुने गरि पार्कि ङ क्षेत्र निर्धारण गरि भाडादर कायम गरेको छ । बजार क्षेत्रमा पार्किङ न. ५ मा पुर्वमा मोतीपुर, पश्चिममा कृष्ण मन्दिर, दक्षीणमा एयरपोर्ट र उत्तरमा माताकुटि सम्म प्रति ब्यक्ति रु. ५० का दरले अटो भाडादर तोक्ने निर्णय गरेको छ । यस्तै अटो पार्किङ रहेको स्थान बाट यात्रु आफनो गन्तब्य सम्म जाने बाटोमा प्रति किलोमिटरको रु. १२ का दरले भाडादर तोक्ने निर्णय गरेको छ ।
यस्तै बैठकले साँझ बजे देखि बिहान ५ बजे सम्म अटोमा यात्रा गर्ने यात्रुहरुलाई तोकेको भाडा दरमा दोब्बर भाडा लिनका लागि भाडा दर तोक्ने, भाडादर अनिवार्य रुपमा यात्रुहरुले सहजै देख्ने गरि अटोमा टास गर्नुपर्ने, अटो पार्किङ स्थानहरुमा सेवाग्राहिहरुले देख्ने गरि होडिङ बोर्ड राख्ने निर्णय गरेको छ । यस्तै जेष्ठ नागरिक, अशक्त, असाह्य,अपांगता ब्यक्तिहरुको हकमा भाडादरमा १० प्रतिशत छुट दिने निर्णय गरेको छ ।
यस अघि गत बर्ष २०८० चैत्रमा बैठक बसी तुलसीपुर कार्यक्षेत्र बनाई संचालनमा रहेका यातायात प्रा.लिहरुको बैठकले पेट्रोलीयम पदार्थको मुख्य बृद्धि र महंगी मर्मत खर्चलाइृ मध्यनजर गर्दै भाडादर कायम गरेको थियो । जसमा बजार क्षेत्र भित्रको चार किल्लामा प्रतिब्यक्ति रु.३५ र एक जनाको मात्र हकमा ७० रु., बजार क्षेत्र बाहिर पिच पक्कि सडक भएका स्थानमा प्रति कि.मी. रु.१२ प्रति ब्यक्ति, बजार क्षेत्र बाहिर कच्चि सडक भएका स्थानमा प्रति कि.मी.रु.१५ प्रति ब्यक्ति निर्धारण गरिएको थियो । भाडादर निर्धारण गरेपनि कार्यान्वयनमा नआएपछि यात्रुहरु मारमा परेका छन् ।
तुलसीपुर उपमहानगरपालिकाका उप प्रमुख स्यानी चौधरीको अध्यक्षतामा बसेको छलफल कार्यक्रममा शुसासन समितीका संयोजक धर्मराज वली,बजार ब्यवस्थापन समिती प्रमुख राजु श्रेष्ठ, बजार ब्यवस्थापन उप समिती संयोजक तुलाराम नेपाली, बजार ब्यवस्थापन उपसिमती सदस्य मोहन वि.क, टफिक प्रहरी कार्यालयका डिल्ली राज आचार्य, ईलाका प्रहरी कार्यालयका गोविन्दा पन्थी,नेपाल पत्रकार महासंघका सह – सचिव दिप्तिशिखा चाैधरी, अटाे ब्यवसायीहरु लगाएतको उपस्थिती रहेको थियो । बैठकको शहजीकरण शुसीला शाहले गर्नुभएको थियो ।