दलित सशक्तीकरण र दलितका सवालमा संवाद गरिएको छ । दंगीशरण गाउँपालिका २ नं. वडा कार्यालय काैवाघारी दाङकाे वार्षिक कार्यक्रम बमोजिम दलित लक्षित कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम भएको थियाे ।
समाजमा समानता, न्याय, र समावेशीताको आधारशिला बनाउन मद्दत पुग्ने , संवादले दलित समुदायका अधिकार, अवसर, र समस्याहरूलाई उजागर गर्दै उनीहरूको जीवनस्तर सुधार गर्ने उद्देश्यले कार्यक्रमकाे आयाेजना गरिएको हाे ।
कार्यक्रममा राष्ट्रिय दलित आयाेगका अध्यक्ष माननीय देबराज विश्वकर्माले सामाजिक, आर्थिक, राजनीतिक, र शैक्षिक क्षेत्रहरूमा दलित समुदायलाई सशक्त बनाउँनु आजकाे आवश्यक्ता रहेको बताउनुभयो । यसले उनीहरूको आत्मनिर्भरता, आत्मसम्मान, र अधिकार सुनिश्चित गर्न मद्दत पुग्ने बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष शम्भु गिरिले अझै पनि धेरै ठाउँमा छुवाछूत र भेदभाव कायम रहेकाले यसविरुद्ध कानूनी र सामाजिक जागरूकता आवश्यक रहेको बताउनुभयो । जमिनको स्वामित्व, रोजगारका अवसर, र रोजगारी सुरक्षामा राज्यले ध्यान दिनुपर्ने बताउनुभयो ।
दलित अधिकार संरक्षण गर्ने नीति तथा कार्यक्रम प्रभावकारी रूपमा लागू गर्न, दलित बालबालिकालाई शिक्षामा प्राथमिकता दिन विशेष छात्रवृत्ति र योजना ल्याउन नीति बन्न आवश्यक रहेको बताउनुभयो ।
मेट्राे कलेजका कानुन संकायका बिधार्थि रञ्जना कामिले दलित समुदायका सदस्यहरूको लागि गुणस्तरीय शिक्षाको पहुँच सुनिश्चित गर्न, रोजगारी, उद्यमशीलता, र आर्थिक स्वतन्त्रताका लागि कार्यक्रमहरू लागू गर्न ,राजनीतिक नेतृत्व र निर्णय प्रक्रियामा दलित समुदायको सहभागीता बढाउन, छुवाछूत, भेदभाव, र हिंसाको अन्त्य गर्दै समानताको वातावरण सिर्जना गर्न अवकाे आवश्यक्ता रहेको बताउनुभयो ।
संवाद कार्यक्रमकाे शहजिकरण पत्रकार महासंघ दाङका सचिव जे.एन सागरले गर्नु भएको थियाे ।
साे अवसरमा ५ कक्षा सम्म अध्ययन गर्ने श्री प्रा.वि काैवाघारीका ५५ जना र श्री मा.वि मधपुरका १६ जना गरि ७१ जना दलित छात्र छात्रालाई स्कुल पाेसाक वितरण गरिएको थियोे ।
यस्तै दलित जनप्रतिनिधि कार्यपालिका सदस्य कृष्णे कामी, सितारा नेपाली, वडा सदस्य माेहन वि.क र अन्जना विक लगायत दलित समुदायमा याेगदन पुर्याउने २२ जना दलित अगुवाहरुलाई सम्मान गरिएकाे थियाे ।
दंगीशरण गाउँपालिका २ नं. वडाकाे दलित महिला वडा सदस्य अन्जना वि.ककाे अध्यक्षता भएको कार्यक्रममा दंगीशरण गाउँपालिका २ नं. वडाकाे वडा अध्यक्ष डम्बर खत्री, कार्यपालिका सदस्य कृष्णे कामी, सितारा नेपाली, वडा सदस्य माेहन वि.क, वडा सदस्य लुमा चाैधरी, नेकपा एमाले जिल्ला सदस्य एशाेद्वा शर्मा, नेकपा माओबादि केन्द्रकाे वडा कमिटी अध्यक्ष दिल बहादुर दमाई, राजाकाेट सामुदायिक वन उपभोक्ता समुहकी काेषाध्यक्ष गिता पाैडेल लगायत संघसंस्थाका प्रतिनिधिहरुकाे उपस्थित रहेकाे थियोे ।
वडामा दलितकाे अवस्था र दलित एकता संजालले दलित परिवारकाे विवरण संकलन गरिएको विवरण बारे दलित एकता संजालकाे कार्यसमिति सदस्य सि.एम विश्वकर्माले जानकारी दिनुभएको थियाे ।
दंगीशरण गाउँपालिका २ नं.वडा कार्यालयकाे आयाेजना तथा दंगीशरण गाउँपालिका वडा नं.२ मा रहेकाे दलित एकता संजालकाे व्यवस्थापनमा कार्यक्रम भएको हाे ।
कार्यक्रममा दलित एकता संजालका अध्यक्ष मान बहादुर परियारकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकाे सहजीकरण सचिव रमेश वि.कले गर्नुभएको थियाे ।