अमृत एकेडेमीको १७ औं वार्षिकोत्सब सम्पन्न



सन्ताेष के सी

ज्ञान ज्योति फाउन्डेसन द्वारा सञ्चालित अमृत एकेडेमी तुलसीपुर उपमहानगरपालिका वडा नं.१९ ले आज एक कार्यक्रमका विच विद्याकि देवि सरस्वती पुजाकाे अवसर पारेर विद्यालयले १७ औं वार्षिकोत्सब कार्यक्रम सम्पन्न गरेको छ ।

ज्ञान ज्योति फाउन्डेसनका संस्थापक अध्यक्ष टीका बहादुर जि.सी.को अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नं.१९ का अध्यक्ष प्रेमनाथ याेगिको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि योगिले विद्यालयले यस क्षेत्रमा शिक्षाको माध्यमबाट खेलेको भूमिका निकै महत्वपूर्ण रहेको बताउनुभयो । विद्यालयले आउने दिनहरूमा शिक्षा सँगसँगै विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान र सृजनशील बनाउन भूमिका खेल्ने आग्रह गर्नुभयो, १७ औ वर्षसम्म आइपुग्दा विद्यालयले खेलेको भूमिकाको प्रशंसा गर्दै आउने दिनमा विद्यार्थीहरूको मनोभावना बुझेर शिक्षा प्रदान गर्न आग्रह गर्नुभयो ।

विद्यालयका प्रिन्सिपल लिलाधर सेजुवाल ( प्रताप)ले विद्यालयले गरेका क्रियाकलाप र विद्यालयको भावी योजनाको बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा शिक्षिका तारा श्रेष्ठ, शिक्षक नारायण रेग्मी, कक्षा ९ कि छात्रा श्रीष्मा थापा, कक्षा १० का छात्र गणेश केसी लगायतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए । विद्यालयका भाइस प्रिन्सिपल नारायण अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक भीमप्रसाद सुवेदीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८१ माघ २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस्