
तुलसिपुर उपमहानगरपालिका वडा नं. १८ धरमपुर अक्कासी पौडी खेल्ने क्रममा एक जना किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका वडा नं. ९ सिस्नेरीका १६ बर्षिय भुपेन्द्र बिक रहेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक सुर्य रानाका अनुसार शनिवार मध्याह्न तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ स्थित अम्वाखोली सामुदायिक वन क्षेत्रमा निर्माण गरिएको कृत्रिम तालमा साथीहरू पौडी खेल्न पुगेका बिकको मृत्यु भएको हाे
मृतक बिकको शब परिक्षणका लागि प्रादेशिक अस्पताल तुलसीपुर लगिएको छ ।
प्रकाशित मिति : २०८२ बैशाख २७ गते शनिवार

