राप्ती नदीमा डुबेर तीन बालिकाको मृत्यु



दाङमा नुहाउन गएका तीन बालिकाको राप्ती नदीमा डुबेर मृत्यु भएको छ । उनिहरुकाे दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर मृत्यु भएको हो ।

लमही नगरपालिका वडा नम्बर २ रनियाँपुरकी १२ वर्षीया झरना चौधरी, सोही ठाउँकै १२ वर्षीया निशा चौधरी र गढवा गाउँपालिका वडा नम्बर ४ खडकपुर घर भइ लमही नगरपालिका वडा नम्बर ५ मा बस्दै आएकी १२ वर्षीया कृष्टी चौधरी रहेको प्रहरीले जनाएको छ ।

बिहीबार दिउँसो ३ बजे राप्ती नदीमा नुहाउन भनेर गएका तीन बालिकाको नदीमा डुबेको खबर पाएलगत्तै प्रहरी पुगेको थियो ।

दाङका प्रहरी प्रवक्ता डीएसपी ईश्वर थापाका अनुसार पानीबाट निकालेर तीन बालिकालाई लमही अस्पतालमा पुर्‍याइएको थियाे ।  चेकजाँचपछि अस्पतालले मृत घोषणा गरेको थियाे ।

प्रकाशित मिति : २०८१ कार्तिक ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्