स्ववियु निर्वाचनमा तीन संगठन मिलेर जाने

राप्ती बबईमा नेविसंघको लगायो ताला, निवार्चन स्थगित


No description available.

स्ववियु निर्वाचनको पुर्वसन्ध्यामा अखिल (क्रान्तिकारि) दाङले अनेरास्ववियु सङ्ग तालमेल गरि अघि बढ्ने जनाएको छ । आज एक जिज्ञप्ती जारी गरि यस्तो जानकारी गराएको हो । निर्वाचनमा अखिल (क्रान्तिकारि) , एमाले निकट अनेरास्ववियु, र जनमोर्चा निकट अनेरास्ववियु छैठौँ मिलेर अखिल संयुक्त मार्फत चुनावमा होमीने विज्ञप्ती मार्फत जनाईएको छ । अखिल संयुक्तलाई मतदान गरि विजयी गराउँन विज्ञप्ती मार्फत सबैमा अनुरोध गएिको छ ।
साथै अनेरास्ववियु र अनेरास्ववियु छैटौं सङ्ग मात्र तालमेल भएकोले आधिकारिक उम्मेदवार लाई मत हालेर विजयी बनाउन आग्रह गरिएको जिल्ला संयोजक गिर बहादुर महराद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसैबिच संगठनको नियम विपरीत लाग्नेलाई कारबाहि गरेको छ । राप्ती बबई क्याम्पसमा आधिकारिक उम्मेदवार नरहेको भन्दै भद्र बहादुर खत्री, उम्मेदवार जेनि ढकाल शर्मा, तिलकराज डाँगी , टेकराज बुढाथोकी र रिता कुमारी थापालाई साधारण सदस्य समेत नरहने गरि कारवाहि गरीएको छ । उनिहरुले राप्ती बबई क्याम्पसमा नेविसंघ सङ्ग तालमेल गरि उम्मेदवार दिएको विज्ञप्ती मार्फत जनाईएको छ ।

No description available.

यता राप्ती बबई क्याम्पसमा नेपाल विद्यार्थी संघले ताला लगाएको छ । चैत ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको पूर्व सन्ध्यामा नेवि संघले क्याम्पसमा ताला लगाएको हो ।

नेवि संघले विद्यार्थीहरुको परिचयपत्र फर्जि रहेको, सोको छानविन चुस्त दुरुस्त नभएको र नेवि संघ र अखिल क्रान्तिकारीको संयुक्त संगठनका उम्मेद्वारहरुको संघ÷संगठनको पहिचान खुलाएको मतपत्र तयार नपारुन्जेलसम्म ताला यथावत रहने विज्ञप्तीमा उल्लेख छ ।

यसैबिच क्याम्पसले नेपाल विद्यार्थी संघले ताला लगाएपछि निर्वाचन स्थगित भएको जनाएको छ । क्याम्पसले स्वतन्त विद्यार्थी युनियन निर्वाचनमा संलग्न विद्यार्थीहरुको संगठन बिच मतपत्र सम्बन्धी फरक फरक धारणा रही सहमति जुटन नसकेपछि अर्को सूचना प्रकाशन नहुँदासम्म हाललाई निर्वाचन स्थगित गरिएको क्याम्पसले जनाएको छ । देशैभर चैत ५ गते स्ववियु निर्वाचन हुदैछ ।

 

प्रकाशित मिति : २०७९ चैत्र ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस्