
इलाका प्रशासन कार्यालय तुलसीपुरले हाललाई अत्यावश्यक सेवा जिल्ला प्रशासन कार्यालय घोराहीमार्फत दिने भएको छ।
कार्यालयले आइतबार एक सूचना जारी गर्दै भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको आगजनीका कारण भवन पूर्ण रूपमा क्षतिग्रस्त भई सेवा प्रभावित भएकाले यस्तो व्यवस्था मिलाइएको जनाएको छ।
कार्यालयका अनुसार हाल दैनिक प्रशासनिक कामकाज ठप्प रहेको छ भने आपतकालीन अवस्थामा मात्र सेवा घोराहीस्थित जिल्ला प्रशासन कार्यालयमार्फत प्रवाह गरिनेछ।
सेवाग्राहीलाई कुनै असुविधा नहोस् भनी तत्कालका लागि घोराहीमा सम्पर्क गर्न उपसचिव महेश कुमार गुरुङले आग्रह गर्नुभएको छ।
गुरुङले हस्ताक्षर गरेको सूचनामा अर्को सूचना जारी नभएसम्मका लागि तुलसीपुर कार्यालयमार्फत हुने सबै सेवा स्थगित गरिएको उल्लेख छ।

प्रकाशित मिति : २०८२ भाद्र २९ गते आइतवार

