प्रथम श्रीगाउ कप फुटबल प्रतियोगिता २०८२ हुँदै




लक्ष्मण बस्नेत

दाङको दङ्गिशरण गाउँपालिका वडा न ६ श्रीगाउमा प्रथम श्रीगाउ कप फुटबल प्रतियोगिता २०८२ हुँदैछ । श्रीगाउ फुटबल क्लबको आयोजनामा संचालन हुने प्रतियोगिता आउदो मङ्सिर ३ गते देखि सुरु हुनेछ ।

स्थानिय स्तरमा फुटबल खेलको बिकास र खेलाडीको पहिचान गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगिताको बिजेताले ४० हजार ४ सय ४४ रुपैया नगद,कप, मेडल,प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेता लाई २० हजार २ सय २२ रुपैया नगद,कप,मेडल प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका संयोजक एमेसन चौधरिले जानकारी दिनु भएकोछ ।

संयोजक चौधरीका अनुसार प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ वेष्ट प्लेयर हुने खेलाडी लाई २ हजार ५ सय रुपैयाँ नगद तथा ट्रफी प्रदान गरिनेछ । त्यस्तै वेष्ट किप्पर र हाई स्कोरर लाई समान १ हजार ५ सयका दरले नगद तथा ट्रफी प्रदान गरिनेछ ।

यसैबिच आयोजकले प्रतियोगिताको तयारीलाई तिव्र पारेको बताएको छ । तयारी स्वरुप उसले प्रतियोगिताको खेल मैदान मर्मत, प्रचार प्रसार, टिम दर्ता, आर्थिक व्यवस्थापन लगाएतको कार्य लाई तिव्रता दिईएको संयोजक चौधरि ले जानकारी दिनुभएकोछ ।

प्रकाशित मिति : २०८२ कार्तिक २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्