तुलसीपुरका युवक ६४ लाख ८१ हजार नगदसहित पक्राउ




तुलसीपुर उपमहानगरपालिका ६ गोलौराका २४ वर्षीय दुर्गाबहादुर केसीलाई ६४ लाख ८१ हजार रुपैयाँ नगद चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

काठमाडौंमा चोरी गरी रकमसहित घर फर्किएका केसीलाई प्रहरीले तुलसीपुरबाट नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार काठमाडौं विशालनगरस्थित डिसहोम फाइबर नेटका सञ्चालकको घरबाट नगद चोरी गरिएको सिसिटिभी फुटेजका आधारमा प्राप्त सूचनापछि केसीको घरमा खानतलासी गर्दा ठूलो परिमाणमा नगद फेला परेको हो।

बरामद नगद हातैले गनेर ६४ लाख ८१ हजार पुष्टि गरिएको प्रहरीले जनाएको छ।

केसीलाई हाल इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखी थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २०८२ पुष १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्