
दाङको तुलसीपुरमा आज भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका ११ निवासी २१ वर्षीया कल्पना केसीको मृत्यु भएको प्रहरीले जनाएको छ।
गुम्राह चोकबाट मदनआश्रित चोकतर्फ आउँदै गरेको क–प्र ००३ प २४४९ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट जाँदै गरेको रा ५ प ७९४५ नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो।
मोटरसाइकलको ठक्करपछि स्कुटी सोही दिशातर्फ गइरहेको टिप्परसँग ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएकी केसीको राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी होमबहादुर पराजुलीले जानकारी दिनुभएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।।
प्रकाशित मिति : २०८३ साउन २१ गते बिहिवार

