
दाङमा गएराती एक गोठमा चट्याङ लाग्दा दुई भैसीसहित खसी, बाख्रा र कुखुरा जलेर मरेका छन् ।
तुलसीपुर उपमहानगरपालिका–७ घुसेरी निवासी सागर पौडेलको गोठमा चट्याङ लागेर आगलागी हुँदा गोठमा बाँधिएका २ वटा भैंसी, ३ वटा खसी, १ वटा बाख्रा र १० वटा कुखुरा जलेर मरेका छन् ।
घटनामा एक भैंसी घाइते भएको छ भने गोठपूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागीबाट करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको छ । यद्यपि, मानवीय क्षति भने हुन नपाएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो ।
दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा आज बिहान करिब साढे २ बजे आगो नियन्त्रणमा लिइएको हो । घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी पोस्ट पर्सेनीबाट प्रहरी निरीक्षक देवीलाल अधिकारीको कमान्डमा ४ जनाको टोली खटिएको थियो ।
प्रकाशित मिति : २०८२ असार २ गते सोमवार

