
दंगीशरणमा मोटरसाइकल दुर्घटना हुदा एक जना गम्भीर घाइते भएका छन् । शनिबार बेलुका सवा ५ बजेतिर पदमपुरबाट बिजुलीपुर तर्फ जादै गरेको रा ५ प २२४५ नम्बरको मोटरसाइकल विजुलीपुर नजिकै आफै अनियन्त्रित भएर पल्टिदा एक जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता नवचन्द्र मल्लले जानकारी दिनुभयो ।
घाइते हुनेमा दंगीशरण गाउँपालिका ३ बिजुलीपुर निवासी १६ वर्षीय मान बहादुर चौधरी रहेका छन् । ग्जाइते चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछी थप उपचारका लागी कोहलपुर मेडिकल कलेज बाँके रिफर गरिएको अस्पताललाई उदृत गर्दै प्रहरीले जनाएको छ । चौधरीलाई टाउँको, अनुहार र दुबै खुट्टामा गहिरो चोट लागेको छ ।
प्रकाशित मिति : २०८० माघ २७ गते शनिवार

