तुलसीपुरमा प्रथम थारु संस्कृति तथा खाना प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । थारु समुदायको परम्परागत खाना , कला, रितिरिवाज र भेषभुषाको संरक्षण तथा प्रर्वद्धन गर्न शनिबार तुलसीपुर–१२ हरिपौरामा प्रथम थारु संस्कृति तथा खाना प्रदर्शनी कार्यक्रम गरिएकोहो ।
थारु संस्कृति तथा खाना प्रदर्शनी मुल आयोजक समितिका संयोजक भागीराम चौधरीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले यस्ता कार्यक्रमले स्थानीय संस्कृति र लोपहुन लागेका कलाहरुले संरक्षण हुने बताउनु भएको थियो । कार्यक्रममा बोल्दै नगरप्रमुख खड्काले थारु संस्कृति र खाना प्रदर्शनी कार्यक्रमले यहाँको कला र संस्कृतिको थप प्रचार प्रसार भएको बताउनुभएको थियो।
कार्यक्रममा ग्रीन फाउण्डेसन नेपालका केन्द्रीय अध्यक्ष घनश्याम पाण्डेले थारु समुदायमा प्रचलित रैथाने खानाका माध्यमबाट आर्थिक रुपमा सबल बन्न सकिने बताउनुभएको थियो । थारु समुदायले खाने खाना सबैलाई जानकारी दिने र त्यसको संरक्षण तथा प्रबद्र्धनमा टेवा पुग्ने उद्देश्यले पहिलो पटक कार्यक्रम आयोजना गरिएको बताउनुभएको थियो । यस्ता कार्यक्रमलाई आगामी बर्ष अझ ब्यापक बनाएर संस्कृती संरक्षणमा सहयोग गर्ने बताउनुभएको थियो ।
कार्यक्रममा बोल्दै थारु कल्याणकारीणी सभाका केन्द्रीय कोषाध्यक्ष चुर्ण चौधरीले थारु संस्कृती संरक्षणका लागि गरिएको यो कार्यक्रमले महत्व राखेको कार्यक्रममा बोल्दै थारु कल्याणकारीणी सभाका केन्द्रीय कोषाध्यक्ष चुर्ण चौधरीले थारु संस्कृती संरक्षणका लागि गरिएको यो कार्यक्रमले महत्व राखेको बताउनुभएको थियो । स्थानिय सरकार तथा विभिन्न ब्यक्तिहरुको सहयोगमा पहिलोपटक गरिएको कार्यक्रम ऐतिहासिक बनेको बताउनुभएको थियो ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरी, पूर्व नगर प्रमुख घनस्याम पाण्डे, थारु कल्यानकारीणी सभाका केन्द्रिय कोषाध्यक्ष चुर्णबहादुर चौधरी, सदस्य अशोक चौधरी, पूर्व राष्ट्रिय सभा सदस्य कोमल वली, शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत, धमकली चौधरी लगायतले बोलेका थिए ।मुल आयोजक समितीका सहसंयोजक छविलाल चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ दाङका सहसचिव दिप्तीशिखा चौधरी र सुरक्षा चौधरील गरेका थिए ।
यसैविच थारु नृत्य प्रतियोगितामा दंगीशरण रावतगाउ प्रथम, तुलसीपुरको गौरीगाउ र पुर्व रजौरा द्धितीय,बनगाउँको नृत्य तृतीय भएका थिए । उनिहरुलाई क्रमश १० हजार ७ र७ र ५ हजार प्रदान गरिएको थियो । त्यसैगरी तुलसीपुरबाट सहभागिलाई ३र३ हजार र शान्तीनगर र दंगीशरण बाट आएका नृत्य समुहलाई ५र५ हजारका दरले प्रोत्साहन रकम गरिएको थियो । प्रतियोगितामा निर्णायकमा अधिबक्ता तथा थारु अगुवा भागिराम चौधरी,मनोज लामीछाने र शुरेस चौधरी रहेका थिए । कार्यक्रममा मघौटा,दस्या,झुम्रा, छोक्रा, लठ्ठी नाच प्रस्तुत गरिएको थियो ।
थारु समुदायको सांस्कृतीक सम्पदा र परम्परालाई संरक्षण गर्नका लागि आयोजना गरिएको कार्यक्रममा थारु खानाका परीकार मुसाको मासु,गंगटाको तरकारी, सुगुरको मासु,ढिक्रि, अनदीको रोटी रहेको थियो । यसका साथै उद्यमिहरुले उत्पादन गरेको सामग्रि पनि प्रदर्शनिमा राखिएको थियो । परम्परागत व्यञ्जनहरु, खाना पकाउने विधिहरु, स्वदेशी सामग्रीहरु, पुस्ताहरुबाट पारित भएका कला अभ्यासहरु सहित स्वादिष्ट थारु व्यञ्जनहरुको प्रदर्शन गरिएको थियो ।
प्रथम थारु संस्कृति तथा खाना प्रदर्शनी कार्यक्रम तुलसीपुर तथा दंगिशरणका सांस्कृतिक होमस्टेहरुले खाना प्रदर्शनी गरेका थिए भने तुलसीपुर उपमहानगरपालिका दंगिशरण गाउँपालिका, शान्तिनगर गाउँपालिका लगायतका गाउँपलिकाबाट विभिन्न समुह तथा युवा युवतीरुले विभिन्न थारु कला संस्कृतिहरु देखाएका थिए ।
त्यस अवसरमा थारु एकल र समुहगत नृत्य प्रतियोगिताका साथै थारु खानाको प्रदर्शनी, उद्यमीहरुले उत्पादन गरेका हस्तकलाका सामग्रीहरु समेत प्रदर्शनी गरिएको थियो । स्थानीय आर्थिक विकास र दिगो जीविकोपार्जनमा थप सहयोग पु¥याउन थारु संस्कृति तथा खाना प्रदर्शनी गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा मुख्य प्रायोजकका रुपमा तुलसीपुर उपमहानगरपालिका,प्रायोजकमा ग्रीण फाउण्डेसन नेपाल दागँ र सह प्रायोजकमा दंगीशरण,बबई र शान्तीनगर गाउँपालिका रहेका थिए ।