दाङको तुलसीपुरमा मोटरसाइकल एकआपसमा ठोक्किदा एक जना घाइते भएका छन् ।
बिहीबार अन्दाजी ६ बजेतिर तुलसीपुर ७ मोतीपुरस्थित तुलसीपुरबाट पर्सेनि तर्फ जादै गरेको रा २ प ८२०७ नम्बरको मोटरसाइकल र सोही दिशातर्फ जादै गरेको रा ७ प ३९४९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा एक जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता नवचन्द्र मल्लले जानकारी दिनुभयाे ।
घाइते हुनेमा तुलसीपुर ५ बस्ने ३९ वर्षिय बल बहादुर सार्की रहेका छन् । उनलाई दायाँ खुट्टामा चोट लागेको छ ।
घाईते सार्कीको राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० फाल्गुन ३ गते बिहिवार