मानव अधिकार तथा शान्ति समाज जिल्ला कार्यसमिती दाङ को २७ औँ साधारण सभा सम्पन्न भएको छ । सस्ंथाका कार्यवाहक सभापती कोमल डि.सी.को अधयक्षता तथा उच्च अदालत तुलसीपुरका मुख्य न्यायधिस नित्यानन्द पाण्डेको प्रमुख आतीथ्यता तथा केन्द्रिय सभापती रामकृष्ण बरालको विषीष्ट आतीथ्यतामा सभा सम्पन्न भएको हो ।
सभामा प्रमुख अतीथी मुख्य न्यायधिस पाण्डेले जिवन पद्धती सुधार गर्नु नै शान्ती समाजको पहिभान भएको बताउँनुभएको छ । मानव अधिकार धेरै कुरा गरेपनि न्यायको पक्षमा सोचेजती सम्बोधन, कार्यान्वयनको तहमा सफल हुन नसकेको बताउँनुभयो । न्यायको विषयमा मानव अधिकार संवेदनशिल विषय भएको बताउँदै मानव अधिकारकर्मीले न्यायपालीकाको काम कारबाहिलाई पनि रेखदेख, निगरानी गर्नुपर्ने बताउँनुभयो । जनमानसको दिमागमा ढिलो न्याय भयो भन्ने विषयलाई शान्ती समाजले सहकार्य गरि यसलाई चिर्नुपर्ने बताउँनुभयो ।
केन्द्रिय सभापती रामकृष्ण बरालले द्धन्द्धकालीन अवस्था देखि काम गर्दै आएको मानव अधिकार शान्ती समाजले आम नागरीकको जिवन कती परिवर्तन भयो विश्लेषण गर्नुपर्ने बताउँनुभयो । आगामी दिनमा सुझाव सहित अगाडि बढ्ने बताउँनुभयो ।
कार्यक्रममा दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरी, बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री, शान्तीनगरगाउँपालिका अध्यक्ष प्रमोद बस्नेतले मानव अधिकार शान्ती समाजलाई गाउँ तहसम्म पुर्याउँनुभयो । अवका दिनमा विकाशका कामहरु समन्वय तरिकाले अगाडि बढ्ने बताउनुभयो ।
मानव अधिकार तथा शान्ती समाजका केन्द्रिय कार्यसमितीका सल्लाहकार उत्तम पुडासैनी, गोविन्द खनाल, सस्ंथाका परिवेक्षक सन्तोष अधिकारी, निर्मल नेपाली, निवर्तमान केन्द्रिय बरीष्ठ उपसभापती सुशील बस्नेत, काठ्मान्डौ शाखा सभापती भगवान पुडासैनी, दाङ शाखाका पुर्व सभापती डिल्लीराज धिताल र मोहन धिताल, प्रेस स्वतन्त्रता सेनानी टिकाराम रेग्मी, राप्ती बबई क्याम्पसका प्रमुख गणेश पाध्र्ये, उच्च अदालत बारका उपाध्यक्ष श्रीराम चौधरी, थारु कल्याणकारी सभाका कोषाध्यक्ष चुर्ण चौधरी, राष्टिय अपांग महासंघका प्रदेश उपाध्यक्ष देवा डांगी, प्याब्सनका प्रदेश अध्यक्ष लालहरी पाण्डे, नेपाल पत्रकार महासंघ दाका सह- सचिव दिप्तिशिखा चाैधरी लगाएतले शुभकामना ब्यक्त गर्नुभएको थियो । कार्यक्रम काे शहजिकरण अमृत शर्माले गर्नु भएको थियाे ।
यसैबिच कोमल डी.सीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिती र्निबिरोध रुपमा निर्वाचित भएका छन् । जसको उपसभापती अमृत प्रशाद शर्मा, सचिवमा माधव बस्नेत, सह सचिवमा मधुसुदन गौतम, कोषाध्यक्षमा निर्मला कुमारी पोख्रेल रहनुभएको छ । त्यस्तै सदस्यहरुमा रजनी शाह, भिमलाल मरासीनी, रञ्जन राज गौतम, दिपक के.सी., भिमकुमारी सुनार र नारायणी वली रहनुभएको छ । सभाले बमकुमारी खड्का, बबीता कार्की गरि दुई जना महिला सदस्य थप गरेको छ ।