तुलसीपुरमा भोलि राष्ट्रिय युवा संघले जागरण भेला गर्ने



नेकपा एमाले निकट राष्ट्रिय युवा संघ लुम्बिनी प्रदेशले भोलि बिहिबार तुलसीपुरमा प्रदेशस्तरीय युवा जागरण भेला गर्ने भएको छ । एमालेको देशव्यापी जागरण अभियानअन्तर्गत उक्त सभा आयोजना गर्न लागिएको हो ।

भेलामा एमाले उपमहासचिव प्रदीप ज्ञवाली, युवा संघ नेपालका पूर्वअध्यक्ष महेश बस्नेत, अध्यक्ष क्षितिज थेवे लगायतका नेता सहभागी हुने लुम्बिनी प्रदेश इन्चार्ज देवु बस्नेतले जानकारी दिनुभयो ।

लुम्बिनीका १२ वटै जिल्लाबाट ५ हजारभन्दा बढी युवाको सहभागीता रहने अपेक्षा गरिएको छ । बुधबार संयोजक सन्तोष वलीको अध्यक्षता र सुमन कडेलको सहजीकरणमा पत्रकार सम्मेलन गरी कार्यक्रमको तयारीबारे जानकारी दिइएको थियो ।

प्रकाशित मिति : २०८२ कार्तिक २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस्