दंगीशरणमा बाढीले भत्काएको झोलुङ्गे पुलमा गोरु अट्कियाे




दाङको दंगीशरणमा बाढीले भत्काएको झोलुङ्गे पुलमा गोरु अट्किएको छ । केही दिन अघिको बाढीले उक्त पुल भत्किएको थियो ।

यस अघि त्यही पुलबाट मोटरसाईकल समेत आवतजावत गर्थे, भने गाइगोरु पनि आवतजावत गर्थे । तर, त्यही पुल भत्किएपछि वारपार गर्ने क्रममा गोरु अड्किएको हो ।

जुर्पन्नेबाट खेत जोतेर घरतिर जाँदै गर्दा दंगीशरण गाउँपालिका १ रामपुरका ज्योती चौधरीको गोरु झोलुंगे पुलमा अड्किएको हो । गोरु फसेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय हेकुलीबाट प्रहरी पनि पुगेको थियो । तर, प्रहरीले पनि उद्दार गर्न नसकेपछि त्यसै छोडिएको थियो ।

प्रकाशित मिति : २०८१ असार २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्