आफनै ठाउँमा हाटबजार, किसानलाई सहज



 

दंगीशरण गा.पा.-२ कलमखाेलामा लाग्ने हाटबजारले कृषकहरुलाइ टेवा पुग्दै गएको छ । कृषकले उत्पादन गरेका बस्तु बजार पाउदैन भन्ने जनगुनासाे आइरहेका बेला यस हाटबजारले कृषकहरू लाई बाटाे देखाएको छ । महिनाकाे अन्तिम शनिबारका दिन गाउँमै हाट बजार लाग्न थालेपछि त्यहाका कृषकहरू लाई सहज भएको हाे ।

घरमा उत्पादित बस्तु नजिकै बजार पाउन थालेपछि उनिहरु खुसि भएका छन ।

हरेक महिनाकाे अन्तिम शनिबारकाे दिन संचालन हुने कृषि वन उपज हाटबजार पाचौं पटक सम्पन्न भएको छ । झन पछि झन स्थानीय उत्पादनले स्थानिय आफ्नै ठाउँमा बजार पाइरहेका छन् । यस पटकाे हाटबजारमा रु.५७,१२५/- काे आर्थिक काराेबार भएको आयाेजकले जनाइएको छ ।

हाम्राे राजाकाेट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडकाे आयाेजना एवम् दंगीशरण गा.पा २ नं.वडा कार्यालय काैवाघारी दाङ, कृषि विकास शाखा हेकुली दाङ, वन तथा कृषि सहज कार्यक्रम र ग्रिन फाउन्डेसन नेपालकाे समन्वयमा हाटबजार संचालन भईरहेको छ ।
कृषकहरु हाटबजारमा सहभागी भैई आफ्नाे श्रम र पसिना सहजै उठाउन पाएका छन् ।

प्रकाशित मिति : २०८० फाल्गुन २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस्