दंगाली कम्युनिष्ट आन्दोलनका नेता श्रीमणी आचार्यको १५ औँ स्मृति दिवस तुलसीपुरमा सम्पन्न भएको छ । नेकपा एमाले तुलसीपुर नगर कमिटी तथा युवा संघ दाङको सयुक्त आयोजनामा १५ औँ स्मृति दिवस मनाइएको हो ।
स्मृति दिवसका अबसरमा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले श्रीमणी आचार्यको राजनीतिक जीवन निकै संघर्षको भएको भन्दै यस्ता नेता बिरलै जन्मीने बताएका थिए ।
कार्यक्रममा अनुशासन आयोगका केन्द्रीय सदस्य छबिलाल वलीले श्रीमणीको आचारण सबै नेता कार्यकर्तामा हुनुपर्ने बताउनुभयो । दाङमा एमालेको संगठन तथा नेता कार्यकर्ता उत्पादनमा ठूलो योगदान रहेको भन्दै वलीले श्रीमणीको आचारण नहुदा कम्युनिष्ट आन्दोलन दाङमा कमजोर बनेको बताउनुभएको थियो ।
नेकपा एमाले दाङका पुर्ब सचिब तथा सल्लाहकार समितिका सदस्य शोभाराम बस्नेतले हिजोको संघर्षले श्रीमणी आचार्य जस्ता नेताहरु खारिएर समाज रुपान्तरणमा लागेको भन्दै बर्तमान अबस्थामा नेताहरुमै कम्युनिष्ट आचारण देखिन छोडेको बताउनुभयो ।
नेकपा एमाले तुलसीपुर नगरक कमिटी अध्यक्ष माधब वलीको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा नेकपा एमालेकी प्रदेश कमिटी सदस्य तथा श्रीमणी आचार्यकी जीवन संगीनी माया आचार्यलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा नेकपा एमालेका नेता तथा तुलसीपुरका पुर्ब मेयर ढुण्डीराज लामिछाने, प्रदेश कमिटी सदस्य माया आचार्य, लक्ष्मण शर्मा, जिल्ला सचिब मनोहर बुढाथोकी, जिल्ला सचिबालय सदस्य मानबहादुर रावतले बोल्नुभएको थियो ।
युवा संघ नेपाल दाङका अध्यक्ष देबु बस्नेतको स्वागत मन्तब्यबाट सुरु भएको स्मृति दिवस कार्यक्रमको सहजीकरण नेकपा एमाले तुलसीपुर नगर कमिटी सचिब रुपबहादुर खत्रीले गर्नुभएको थियो ।
दिवसका अबसरमा युवा संघ दाङको आयोजनामा रक्तदान कार्यक्रम भएको हो । नेकपा एमाले तुलसीपुरमा रहेको पार्टी कार्यालयमा भएको कार्यक्रम मा २० जनाले रक्तदान गरेका थिए ।
शिबराज गिरी, भोजराज वली, सुबाश शर्मा, रबिन्द्र डाँगी, रबिन वली, शंकरप्रसाद शर्मा, राज बिष्ट, दिपक केसी, ज्ञानु केसी, कृष्णचन्द्र देब बोहरा, निरज जिसी, पुर्ण महत, खड्गबहादुर चन्द, हेमराज पन्त, बिष्णु केसी, टेकराज वली, लक्की चन्द, प्रेमलाल खत्री, बिबेक योगी र प्रेमबहादुर राम्जाले रक्तदान गर्नुभएको थियो ।