हापुरेमा नेपाल रेडक्रस सोसाईटिको वैठक सम्पन्न



नेपाल रेडक्रस सोसाइटीकाे भूकम्प प्रतिकार्य | Suvadin !

रामप्रसाद सुवेदी
नेपाल रेडक्रस सोसाइटी दाङ जिल्ला अध्यक्ष नारायण आचार्यले विपद पुर्वतयारी तथा प्रतिकार्यका क्षेत्रमा सबै सरोकारवाला निकायहरु संग समन्वय गरेर गरिने कार्यक्रमहरु फलदायी हुने बताउनुभएको छ। नेपाल रेडक्रस सोसाइटी दाङ शाखाको आयोजनामा बबई
गाउँपालिका स्तरिय समन्वय वैठकमा बोल्दै आचार्यले यस्तो बताउनुभएको हो ।

बैठकमा बोल्दै बबई गाउँपालिकाका अध्यक्ष कुल बहादुर खत्री क्षेत्रीले नेपाल रेडक्रस सोसाइटी द्धारा बबईमा संचालित समुदाय उत्थानशिलतामा अभिवृद्धि कार्यक्रममा आएका समस्या तथा चुनौतीहरु, कार्यक्रमको अपनत्व तथा दिगोपना, दोहोरोपना हुन नदिन लक्षित संकटासन्न समुदायको सहभागिता, प्रभावकारी अनुगमन जस्ता कार्यहरुमा हामी सबैले ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।

बैठकमा नेपाल रेडक्रस सोसाइटी द्धारा संचालित समुदाय उत्थानशिलतामा अभिवृद्धि कार्यक्रमले अघिल्लो त्रैमासिकमा सम्पन्न गरेका गतिविधिहरु, आगामी त्रैमासिकमा संचालन गरिने गतिविधिहरु, समुदायको प्रकोप,संकटासन्नता तथा क्षमता पहिचानबाट आएका मुल समस्याहरु, तथा समाधानका लागि योजनाहरु जिविकोपार्जनका गतिविधि संचालन प्रकृया, समुदाय लाभग्राही छनौटका बिधि तथा प्रकियाहरुका बारेमा अन्तरक्रिया गरिएको थियो ।

प्रकाशित मिति : २०७९ साउन ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस्