तुलसीपुर–सुर्खेत सडक खण्डमा युवाहरूको पहलमा खाल्डाखुल्डी मर्मत



तुलसीपुर उपमहानगरपालिका–७ जितपुरका समाजसेवी उपेन्द्र पौडेल र मेघराज केसिको नेतृत्वमा स्थानीय युवाहरूले तुलसीपुर–सुर्खेत सडक खण्डको खाल्डाखुल्डी मर्मत गरेका छन्।

सडकको दोघरे क्षेत्रमा लामो समयदेखि बनेका ठूला खाल्डाखुल्डीका कारण सवारी आवागमनमा समस्या बढेपछि युवाहरूले आफ्नै पहलमा मर्मत कार्य थालेका हुन्। समाजसेवी पौडेलका अनुसार स्थानीय सरकार र सडक विभागले बेवास्ता गरेपछि युवाहरूले आवश्यक सामग्री जुटाएर स्वयंसेवकका रूपमा सडक मर्मत गरेका हुन्।

वर्षा र यातायातको चापका कारण सडक बिग्रँदै गएपछि स्थानीयहरू दैनिक सास्ती बेहोर्दै आएका थिए। मर्मतपछि युवाहरूले सम्बन्धित निकायलाई सडकको दीगो मर्मतमा चासो दिन आग्रह समेत गरेका छन्।

 

प्रकाशित मिति : २०८२ साउन २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस्