
दाङ भ्याली यातायात प्रा.लिको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन तुलसीपुरमा सम्पन्न भएको छ । अधिवेशनले आगामी चार वर्षका लागि नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
नव निर्वाचित अध्यक्षमा महेन्द्र महरा, वरिष्ठ उपाध्यक्षमा प्रेम बहादुर रेउले, महासचिवमा खुम बहादुर वली, सचिवमा चित्र बहादुर नेपाली, कोषाध्यक्षमा राम बहादुर केसी र सहसचिवमा टंकी नेपाली चयन भएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि जेष्ठ यातायात व्यवसायी गोपाल चौधरीले व्यवसायिक एकताको आवश्यकता औंल्याउँदै सरकारले तोकेको भाडादरअनुसार यात्रु सेवा सञ्चालन गर्न आग्रह गर्नुभएकाे थियाे ।
अध्यक्ष महराले संस्थामा करिब एक हजार सवारी साधन आबद्ध भइसकेको जानकारी दिँदै आगामी योजनाहरू प्रस्तुत गर्नु भएको थियाे । अधिवेशनमा घोराही, लमही, हापुरे र बिजौरी शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो ।
निवर्तमान उपाध्यक्ष नहोस् कुमार लामिछाने र प्रशासन सहायक सुलभ सिंहलाई कार्यक्रममा सम्मान गरिएको थियो ।

