अटोबाट खस्दा दङ्गिशरणकि एक महिला गम्भीर घाइते



दाङको तुलसीपुरबाट पश्चिमतर्फ जाँदै गरेको अटोबाट खस्दा एक महिला गम्भीर घाइते भएकी छन्।

घाइते दंगीशरण गाउँपालिका–५ निवासी ५१ वर्षीया सिता कुमारी चौधरी रहेको प्रहरीले जनाएको छ।

तुलसीपुर–रगैजा सडक खण्डको बालापुर नजिक संघारीचोकमा बिहान करिब १० बजे अटो (लु.प्र. ०२–००१ ह १२९२) बाट चौधरी खसेकी हुन्।

गम्भीर घाइते चौधरीलाई राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ।

अटो चालक शान्तिनगर–७ का ३४ वर्षीय दिपक मल्ललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : २०८२ कार्तिक ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्