दाङमा एक महिनामा ३६२ जनाले पासपोर्ट बनाए



दाङमा असोज महिनामा ३६२ जनाले राहदानी (पासपोर्ट) बनाएका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार घोराहीबाट २०५, तुलसीपुरबाट ३५ र लमहीबाट १२२ जनाले पासपोर्ट प्राप्त गरेका हुन्।

सो अवधिमा कार्यालयले ७ हजार ५६७ वटा सेवा प्रदान गरेको छ। असोज महिनामा मात्रै ९५६ जनाले नेपाली नागरिकता लिएका छन् भने दुई जनाले नागरिकता त्यागेका र तीन जनाले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेका छन्।

त्यस्तै, ३ हजार ५४४ जनाले नाम दर्ता गरेका छन् र ३६८ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०८२ कार्तिक ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्