चुनावी सरगर्मी बढेसंगै आज उम्मेदवारी मनोनयन दर्ता



आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लिएर देशभर चुनावी सरगर्मी बढ्न थालेको छ। प्रत्यक्षतर्फका उम्मेदवारहरूले आज उम्मेदवारी मनोनयन दर्ता गर्दैछन्।

दाङका तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ताका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

निर्वाचन आयोगका अनुसार आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्न सकिने व्यवस्था गरिएको छ।

उम्मेदवारी दर्ता प्रक्रियालाई सहज र सुरक्षित बनाउन निर्वाचन कार्यालयहरूले आवश्यक सुरक्षा तथा प्रशासनिक तयारीसमेत पूरा गरेका छन्।

आजको मनोनयन दर्तापछि जिल्लामा चुनावी गतिविधि र प्रचार–प्रसार अझ तीव्र हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२ माघ ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्