दाङमा लागुऔषध ब्राउन सुगरसहित एकजना पक्राउ



दाङमा लागुऔषध ब्राउन सुगरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको राजपुर गाउँपालिका–६ गंदीखोलाका २८ बर्षीय दिपक पुन रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी चक्र बहादुर शाहले जानकारी दिनुभयो ।

घोराही–१७ कटुवा खोला नजिकै लागुऔषधको बारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई शुक्रबार दिउँसो साढे १ बजेको समयमा पक्राउ गरेको प्रहरीले जनाएको छ  ।

प्रहरीले उनको साथबाट २ ग्राम २६० मिलिग्राम ब्राउन सुगर बरामद गरेको जनाएको  छ । पक्राउ परेका पुन माथी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस्