प्रदेश सभा सदस्य लोका विश्वकर्माले सामाजीक रुपमा उत्तरदायीत्व निर्वाह नगर्दा सम्म विभेद नहट्ने बताउँनुभएको छ । कार्यक्रमका प्रमुख अतीथी समेत रहनुभएका सांसद विश्वकर्माले देशमा सबै कुराको कानुन भएपनि व्यबहारमा लागू हुन नसकेको बताउनुभयो । नेपाली समाजले प्रगति गर्नको लागि अझै समय लाग्ने उहाको भनाई थियो । जब सम्म कुन जात, कुन कुल र समुदायमा जन्मियो भनेर खोज्न छोडिन्छ तब मात्र समाज परिवर्तन हुने उहाँको भनाई थियो ।
५८औ अन्तराष्ट्रिय जातीय बिभेद उन्मुलन दिवस तथा छुवाछुत अन्त्यका लागि संवैधानीक तथा कानुनी व्यवस्था कार्यान्वयनमा सरोकारवालाहरुको भूमिका विषयक दङीशरण गाउँपालिकाले आज बुधबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सांसद विश्वकर्माले यस्तो बताउँनुभएको हो ।
सो अवसरमा गाउँपालिकाका वडा न. १ का वडा अध्यक्ष रमेश भण्डारी र दङ्गिशरण ७ का अध्यक्ष रेसम वलीले समुदायमा अझैपनी जातीय विभेद तथा छुवाछूतको अन्त्य हुन नसकेको प्रती दुःख ब्यक्त गर्दै जातीय विभेद भाषणमा मात्र सिमीत रहेको तर व्यवहारमा कार्यान्वयन नभएको उँहाहरुको ठहर थियो । साथै गाउँपालिकाले दलीत समुदाय र शसक्तिकरणका लागि ३० लाख वढि बजेट विनीयोजन गरेको जानकारी गराईएको थियो ।
कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले अब प्रभाकारी सचेताना र दलित र गैर दलित बिचमा अन्तरघुलन गर्नुपर्ने सुझाब दिएका छ्न । त्यस्तै, आर्थिक समृद्धिका लागि दलित समुदायलाई रोजगार र पेसाको आधुनिककरण र प्राबिधिक तथा बैज्ञानिक शिक्षामा प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका छ्न ।
दलित अधिकारकर्मी सोमराज विश्वकर्मा, आसा नेपाली ,अपांग उद्दार सेवा सघका अध्यक्ष रेनुका बिक, समृद्ध समाज दङ्गिशरणका अध्यक्ष दिल कुमारी बिक, भिष्मा बस्नेत लगाएतले बोल्नुभएको थियो ।
अधिकारकर्मी सुशील बस्नेतले जातीय भेदभाव र छुवाछूत अन्त्यका लागि गाउँपालिकाको भुमिका विषयक अबधारणा पत्र प्रस्तुत गर्नुभएको थियो । गाउँपालिकाका अध्यक्ष शम्भु गिरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
महिला बालबालीका शाखाका सुन कुमारी घर्तीको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सहजीकरण दलित अधिकारकर्मी निर्मल नेपाली र दङीशरण गाउँपालिकाका सुचना अधिकारी टेक बहादुर खत्रीले गर्नुभएको थियो ।