
दाङको घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केसी तत्काल बाँकेको मालपोत अधिकृत हुँदा सरकारी जग्गा गैरकानुनी रूपमा व्यक्तिका नाममा दर्ता गराएको आरोपमा मुद्दा दायर गरेको हो।
केसीसँग २२ लाख ४२ हजार ७ सय २० रुपैयाँ बिगो मागदाबी गरिएको छ। अख्तियारले केसीसहित तत्कालीन मालपोत अधिकृत, नायब सुब्बा, गाविस सचिव तथा जग्गा दर्ता गराउने व्यक्तिसमेत गरी ९ जनाविरुद्ध मुद्दा दायर गरेको जनाएको छ।
आरोपअनुसार बाँकेको साविक बेतहनी गाविस ४ मा रहेको सरकारी जग्गा मिलेमतोमा व्यक्तिका नाममा सारिएको थियो। अख्तियारले प्रतिवादीहरूबाट फरक फरक रकमको बिगो मागदाबी गरेको छ।
प्रकाशित मिति : २०८२ माघ ८ गते बिहिवार

