
लक्ष्मण बस्नेत
तुलसिपुर नगर स्तरिय सातौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ को उपाधी गोरखा माबी तुलसिपुरले जितेको छ ।
तुलसिपुर उपमहानगरपालिकाको आयोजना तथा बालमितेरी माबी भोजपुरको ब्यबस्थापनमा बिधालयको खेलमैदानमा संचालित प्रतियोगितामा १८ स्वर्ण,६ रजत र १४ कास्य पदक सहित कुल ३८ मेडल हात पार्दै गोरखा माबी तुलसिपुरले रनिङ शिल्ड जितेको हो ।
त्यस्तै १० स्वर्ण,१४ रजत र १५ कास्य सहित कुल ३९ मेडल हात पारेको ज्ञानज्योती दोश्रो हुदा साबिक बिजेता सहिद स्मृति आवाशिय माबी तुलसिपुर १७ बनकट्टी तृतीय भयो । त्यसैगरी ६ स्वर्ण,८ रजत र ९ कास्य पदक जितेको माबि तुलसिपुर सेन्टर चौथो र ६ स्वर्ण, २ रजत २ कास्य पदक हात पार्न सफल माबी कालाखोला पाचौ स्थानमा पर्न सफल भए ।
तीन दिन सम्म संचालित प्रतियोगिताको टिम खेल बिधा अन्तरगत भलिबल छात्रमा ग्रेट अरनिक माबी तुलसिपुर प्रथम,गुरुजजुर माबी रक्षाचौर द्वितिय, जनकल्याण माबी दुधरास र सहित स्मृति माबी तृतिय भए । छात्र भलिबलको उत्कृष्ट खेलाडी ग्रेट अरनिको माबिका निशान मल्ल भए । त्यस्तै छात्रा भलिबलमा गुरुजजुर प्रथम,माबी तुलसिपुर सेन्टर द्वितिय,ग्रेट अरनिको माबी र जनश्रम माबी दुधरास तृतिय भए ।छात्रा भलिबलमा उत्कृष्ट खेलाडी गुरुजजुर माबिका एशोदा बोहरा भए ।
त्यस्तै कवड्डी छात्रमा ज्ञानज्योती माबी तुलसिपुर प्रथम,गुरुजजुर माबी द्वितिय,अमर माबी उरहरी र माबि सेन्टर तृतीय भए । छात्र कवड्डिको उत्कृष्ट खेलाडि गुरुजजुर माबिका प्रकाश रोका भए । त्यस्तै छात्रा कवड्डीमा महेन्द्र माबी तिलसिपुर, ग्रेट अरनिको द्वितिय, जनकल्याण माबी दुधरास र जनज्योती माबी रनियापुर तृतिय भए ।
छात्रा तर्फको उत्कृष्ट खेलाडी महेन्द्र माबिका करुणा वलि भइन् । यसैगरी कराते खेल बिधाना गोरखा माबी प्रथम,माबी तुलसिपुर सेन्टर द्वितिय र साधना पाठशाला तृतिय भए । कराते छात्रमा गोरखा माबिका सतिस केसि र छात्रामा गोरखा माबी कै समृद्धि ती खत्री उत्कृष्ट खेलाडी भए । यस्तै एथलेटिक्समा गोरखा माबी तुलसिपुर प्रथम,गुरुजजुर माबी द्वितिय र माबी तुलसिपुर सेन्टर तृतिय भए ।
एथलेटिक्स छात्रमा ग्रेट अरनिको माबिका सुवास रावत र छात्रामा गोरखा माबिका पिन्जु चौधरी उत्कृष्ट खेलाडी घोषित भए । त्यस्तै तेक्वान्दो खेल बिधामा सहिद स्मृती माबी प्रथम,ज्ञान ज्योती माबी द्वितिय र गोरखा माबी तृतीय भए ।
उसु थाओलु छात्रमा ज्ञानज्योतिका निश्चल केसि,छात्रामा सहिद स्मृतिका अनु बुढा, सान्सौ छात्रमा सहिद स्मृति माबिका सिमसन रावत र छात्रा सहिद स्मृति कै सदिक्षा कठायत उत्कृष्ट खेलाडी भए । त्यस्तै तेक्वान्दो खेल बिधामा माबी कालाखोला प्रथम,ज्ञानज्योती माबी द्वितिय र गोरखा माबी तृतिय भए ।तेक्वान्दो छात्रमा माबी कालाखोलाका आयुव सुनार र छात्रामा कालाखोला कै जेनिशा पुन उत्कृष्ट खेलाडी घोशीत भए ।
त्यस्तै मार्चपास तर्फ डिभाइन टेम्पल एकेडेमी तुलसिपुर प्रथम,जनकल्याण माबी दुधरास द्वितिय ज्ञानज्योती माबी तुलसिपुर तृतीय भए ।
यसैबिच, प्रतियोगिताको समापन समारोह तुलसिपुर उपमहानगरपालिका वडा न १४ का अध्यक्ष तथा बाल मितेरी माबी भोजपुर बिधालय ब्यवस्थापन समितिका अध्यक्ष संकर खड्काको अध्यक्षता एवं तुलसिपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यमा भएको भएको थियो ।
सो अवसरमा रनिङ शिल्ड बिजेता उपबिजेता,तृतीय लगाएतका स्थान हासिल गर्ने बिधालय,खेलाडी लाई शिल्ड, ट्रफी मेडल, तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रतियोगिता अवधिभर निर्णायकको भुमिका निर्वाह गर्ने सबै खेल बिधाका निर्णायक,प्रतियोगिता लाई सफल पार्न महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने सहयोगी दादा, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी,प्रतियोगिताका विभिन्न उपसमिति लगाएत लाई सम्मान तथा प्रसंशा पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा तुलसिपुर उपमहानगरपालिका वडा न १६ का अध्यक्ष शिवानन्द डागी, तुलसिपुर उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख चक्र भन्डारी, शिक्षा अधिकृत मन बहादुर खड्का, बालमितेरी माबी भोजपुरका प्रधान अध्यापक रिता कुमारी न्यौपाने, शिक्षक बाल मितेरी माबी शिक्षक अभिभावक संघका अध्यक्ष लोकेन्द्र गिरि, बालमितेरी माबीका जग्गादाता समासेवी ब्यक्तित्व शिव रेग्मी,रेडक्रसका राममणी शर्मा, समाजसेवी जुठिलाल चौधरी, लगाएतले ट्रफी मेडल तथा पुरस्कार प्रदान गर्नु भएको थियो । कार्यक्रमको संचालन बिधालयका शिक्षक रेशम वलिले गर्नु भएको थियो ।

