
फोनिज दाङ ले स्व. सत्यनारायणबहादुर श्रेष्ठ लाई नेपाल पत्रकार महासंघ को संस्थापक अध्यक्ष घोषणा गर्न माग गर्दै विरोध जनाएको छ। सोही मागलाई जोड दिँदै महासंघ दाङ शाखामा कालो ब्यानर टाँसिएको छ।
विरोध कार्यक्रममा अध्यक्ष दिप्तिशिखा चौधरी, सचिव एच. आर. मगर तथा फोनिज केन्द्रीय सदस्य एवं दाङ इन्चार्ज सन्तोष दहितको सक्रिय उपस्थिति रहेको थियो। साथै नेपाल पत्रकार महासंघ का केन्द्रीय सचिव तथा फाेनिज दाङका सल्लाहकार सबिन प्रियासन, दाङ जिल्ला सचिव जेएन सागर र जिल्ला सदस्य नारायण नेपाल लगायतको विशेष सहभागिता थियो।
कार्यक्रममा बोल्दै केन्द्रीय सचिव प्रियासनले संस्थापक अध्यक्ष सम्बन्धी विषय छिट्टै टुङ्गोमा पुग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।
प्रकाशित मिति : २०८३ बैशाख १० गते बिहिवार

