
रसुवामा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि दाङको तुलसीपुर–५ निवासी बस्नेत परिवारले २२ हजार ५७५ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
तुलसीपुर–५ निवासी व्यवसायी तथा विशालविश्व इन्टरप्राइजेजका सञ्चालक सपना भण्डारी बस्नेत, विश्वजित बस्नेत र उहाँहरूका छोरा विशालजित बस्नेतले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नुभएको हो ।
राष्ट्रमा विपत्ति परेको अवस्थामा प्रभावित नागरिकको साथमा उभिनुपर्ने भन्दै बस्नेत परिवारले राहत तथा उद्धारमा सहयोग गरेको जनाएको छ ।
उद्यमी सपना भण्डारी बस्नेतले विपद्का बेला सबैले आ–आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले अहिले गरिएको सहयोग नै अन्तिम नभएको उल्लेख गर्दै आवश्यकता र परिस्थितिअनुसार आगामी दिनमा पनि थप सहयोग गर्न सकिने बताउनुभयो ।
विपद्बाट प्रभावित नागरिकलाई राहत र पुनःस्थापनाका लागि सहयोग आवश्यक रहेको भन्दै उहाँले अन्य व्यक्ति तथा व्यवसायीलाई समेत मानवीय सहयोगका लागि अघि बढ्न आग्रह गर्नुभयो ।

